२१ भाद्र २०८२, शनिबार
06-09-2025 , Sat
Gold Silver Price (19 Bhadra 2082, Thrusday)
Fine Gold 1 Tola NRs. 208400
Silver 1 Tola Nrs. 2495

नियत सफा राखी सेवा गर्नेले कसैसँग डराउनु पर्दैन : मुख्यमन्त्री कार्की

Logo
संवाददाता जनचर्चा प्रकाशित मंगलबार, पुष १७, २०८०

विराटनगर,पुष १७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेलाई कसैबाट डराउनु नपर्ने बताएका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताकाे पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कसैबाट डराउनु नपर्ने र प्रदेश सरकार साथमा रहने बताएका हुन् ।

´प्रदेशमा अख्तियार दुरूपयाेग र अनियमितता राेक्न प्रदेश सरकारले चालू आर्थिक वर्षकाे अध्यादेशबाट आएकाे बजेटकाे प्रतिस्थापन विधेयक ल्याएर काम सुरू गरिसकेकाे छ`, उनले भने, ´प्रदेश सरकारले काेटेशनकाे काम र उपभाेक्ता समितिबाट कार्यकर्ता, आफ्न्त पाल्ने २५ लाखमुनिकाे याेजना कटाैति गरेर प्रदेशमा सुशासनकाे अभियान सुरू गरिसक्याे ।`

इमानदारीपूर्वक काम नगर्ने र कुनै किसिमकाे अनियमितता गर्ने कर्मचारी मात्रै नभइ मन्त्रीलाई समेत कारवाही हुने मुख्यमन्त्री कार्कीले चेतावनी दिएका छन् । ´अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग मुलुकमा सुशासन कायम गर्ने प्रमुख संस्था हाे त्यसैले आयाेगले प्रदेशमा कानून सम्मत कामकाज अघि बढाउन सहयाेग गरिदिनुपर्छ`, उनले भने, ´आयाेगले कानून कार्यान्वयनमा पथप्रदर्शककाे भूमिका निर्वाह गरिदिनु पर्छ ।`

सबैको खवरदारी गर्ने सम्मानित संस्था आयोग भएकाले समय सान्दर्भिक रुपमा यसलाई परिकृत गर्दै लग्नु पर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिएका छन् । ‘हामीले अहिलेको परिवेशमा सही नियतले जनतालाई सेवा दियौं भने हामीले डराउनुपर्ने कुनै कारण छैन`, उनले भने, ´अधिकारका कुरालाई सदुपयोग गर्ने कुरामा हामी लाग्नुपर्दछ । संविधान र कानून प्रदत्त अधिकार दुरुपयोग नहोस् भनेरै अख्तियारको परिकल्पना गरिएको हो ।’

अन्तरक्रिया कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुले आयोगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हैरानी खेप्नु परेको र काममा समेत ढिलासुस्ती हुने गरेको गुनासाे पाेखेका छन् । आयोगगको इटहरी कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा कोशी प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षमा अख्तियार दुरुपयोगका २ सय ११ वटा उजुरी परेको उल्लेख गरिएको छ । जसमा ८० उजुरी फर्छयौट हुँदा १ सय ३१ उजुरी बाँकी रहेको उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले कर्मचारीहरुले जनताको पैसाबाट सञ्चालन गरिने विकास निर्माण कार्य गुणस्तरीय एवं समयमै प्रतिफल प्राप्त हुनु पर्नेमा जोड दिएकी हुन् । उनले सार्वजनिक खरिद ऐन, कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै आयोगले ध्यानाकर्षण गराएका विषयको ख्याल गर्न आग्रह गरिन् ।

अन्तरक्रियामा संघीय तथा प्रदेश कार्यालयका कर्मचारी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका कर्मचारीहरु, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, २० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले पत्र लेखेको हो। सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

विराटनगर,१९ भदौ ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रस्टीकरण दिएका छन् ।बुधवार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रस्टीकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी […]