०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बालकुमारी घटनापछि मन्त्री ज्वालालाई पदमुक्त गराउने तयारी

प्रधानमन्त्री दाहालले ज्वालालाई फिर्ता बाेलाउन भनदै माधव कुमार नेपाललाई गरे टेलिफोन मार्फत आग्रह
Logo
संवाददाता जनचर्चा

काठमाडाैं, १८ पुस ।बालकुमारी घटनाले सरकारसँगै यातयात तथा भौतिक पुर्वधार मन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना हुन थालेपछि मन्त्री जवालाई फिर्ता बोलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई टेलिफोन मार्फत आग्रह गरेका छन् ।

शुक्रवार रोजगारीका लागि कोरिया जान भाषा परीक्षामा सामिल हुन पाउँ भन्ने माग राख्दै केही ललितपुरको बालकुमारी स्थित इपीएस वरपर युवाहरुले प्रर्दश्न गरी राखेका थिए । तर सुरक्ष संवेदनशीलतालाई बेवास्ता गर्दै मन्त्री ज्वाला प्रर्दशन स्थलबाटै सरकारी गाडीमा बालकुमारी हुँदै कोटेश्वर तर्फ जाँदा आक्रोसित भिडको आक्रमणमबाट मन्त्रीलाई वचाउन र भीडलाई नियान्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा प्रहरीको गोली लागेर आन्दोलनमा सहभागी दुई युवा सुजन रावत र बिरेन्द्र शाहको मृत्यु भएको थियो ।

शुक्रबारको घटनापछि चौतर्फीरुपमा मन्त्री ज्वाला, प्रधानमन्त्री, गृह मन्त्रीको आलोचना भइरहेको छ । तर बालकुमारीको घटनापछि मन्त्री ज्वाला सो घटनामा आफु जिम्मेवार नभएको कारण देखाउँदै पन्छिन खोजी राखेका छन् । बालकुमारी घटनापछि ललितपुरका सिडियो सिडिओ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालय र ललितपुरका प्रहरी प्रमुख एसपी सिद्धि बिक्रम शाहलाई प्रह्री प्रधान कार्यलय तानिएको थियो भने मन्त्री ज्वालाको पिएसओ बोधराज दुनार, स्पट कमाण्डर डीएसपी उमेश लम्सालल र ईपीएस कोरिया शाखा प्रमुख गुरुदत्त सुवेदीलाई मन्त्री परीषदले निलम्वन गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]