०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

फोहोरी विराटनगर

Logo
राम खत्री प्रकाशित बुधबार, पुष १८, २०८०

विराटनगर, पुष १८। विराटनगर महानगरपालिका दिनानु दिन फोहोरको केन्द्रबिन्दुको रुपमा परिणत हुदैे छ । विराटनगरमा सफा र खाली ठाउँ भेट्न असम्भव जस्तै छ । यहाँको खोला, नहर, सडकपेटी र खाली स्थानमा पाइने साझा वस्तु भनेको नै फोहोर हो । यतिसम्म भएको छ कि जहाँ महानगरले फोहोर नफ्याक्न आग्रह गरेर सुचना टासेको हुन्छ त्यही ठाउँमा अत्यधिक फोहोर देखिन्छ ।
विराटनगरलाई सफा सहर बनाउँनका लागि स्थानीय सरकार चिन्तीत देखिदैन  । महानगरले नारामा सफा र सुन्दर विराटनगर राखेपनि कार्यान्वयन भने हुन सकेको छैन । “हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम बिराटनगर” महानगरको नारा नारामै सीमित छ । विराटनगरको प्रत्येक वडामा फोहोर व्यवस्थापन समुहले हप्ताको २ पटक फोहोर उठाउँछ । विराटनगर महानगरपालिकामा १५० भन्दा बढी सरसफाई कर्मचारी छन् । महानगरले तिनवटा सरसफाई संस्थालाई फाेहर उठाउने छुट्टै जिम्मा समेत दिएकाे छ, अप्रत्यक्ष रुपमा सरसफाई अभियानमा हजाराै मानिसहरु लागिरहेका छन्। यति धेरै सरसफाईकाे बन्दाेबस्ती रहदा पनि नगर फाेहरनै रहनु स्थानीय सरकारकाे कमजाेरी हाे ।  विराटनगर महानगरपालिकाकाे नगर सभामा मेयर नागेश कोइरालाले जथाभावी फोहोर फ्याक्नेलाई नियन्त्रण गर्न सिसिटिभी क्यामेरा राख्ने निर्णय गराएका थिए । तर सो निर्णय समेत कार्यान्वयन भएको छैन ।

विराटनगर औद्योगिक, व्यापारीक, स्वस्थ्य, शिक्षा र प्रशासनिक केन्द्रको रुपमा परिचित छ । नगरपालिकाको वढ्दो जनसंख्या, यहाँका नागरिकहरुमा सरसफाई सम्वन्धी चेतना कमी, जथाभावी फोहोर गर्नेलाई नियमन गर्न कडा कानुन नहुनु, फहोर व्यवस्थापनमा महानगरको ढिला सुस्ती , सरसफाई कर्मचारीले राम्ररी फोहोर सरसफाई नगर्नु र विराटनगर भौगोलिक रुपमा समतल हुनाले पनि विराटनगर सफा बन्न नसकेको हो । महानगरले ढिलासुस्ती गर्ने कर्मचारीलाई कारवाही गरेर, सफाई कर्मचारीलाई तालिम दिने, फोहोर बर्गीकरण गर्ने, महानगरको सफाई यन्त्रलाई आधुनिक वनाउने, सफाई नियमलाई कडा बनाउने, नीजि क्षेत्रसँग महानगरले समन्वय गरेर मुख्य चोक, पार्क, सडकपेटीमा डस्टबिन राख्न सक्छ, जथाभावी फोहोर गर्नेहरुलाई उचित दण्ड वा जरीवाना गराउन सकेमा विराटनगरलाई धेरै हदसम्म सफा पार्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]