१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

रहरलाग्दो जापानको जागिर छोडी अहिले हार्डवेयर व्यापारमा

विराटनगर ७ निवासी उत्तम जोशी ७ बर्ष जापान बसेर आएका युवा हुन् । अहिले ३३ बर्ष लागेका जोशी हाटखोला चोकमा माता पाथिभरा हार्डवेयर विगत ६ महिनादेखी चलाइरहेका छन् ।
Logo
निरज बस्नेत

उत्तम जोशी

विराटनगर, पुष १९
विराटनगर ७ निवासी उत्तम जोशी ७ बर्ष जापान बसेर आएका युवा हुन् । अहिले ३३ बर्ष लागेका जोशी हाटखोला चोकमा माता पाथिभरा हार्डवेयर विगत ६ महिनादेखी चलाइरहेका छन् । एकलौटी लगानी रहेको जोशीको यो हार्डवेयर पसलमा मूलतः बर्जर पेन्टस्को सामाग्रीहरु सस्तो , होलसेल रेटमा उपलब्ध छन् । यहाँदेखी बाहेक, सेनेटरी, पाइप , मार्वल ब्राण्डका गुणस्तरीय टिकाउ भरपर्दो सामाग्रीहरु, ब्लो, इत्यादी पाइन्छन् । यी सवै पूर्णतः अन्य हार्डवेयरको तुलनामा सस्तो माता पाथिभरा हार्डवेयरमा पाइन्छ । साथै, यस हार्डवेयरले, अर्डर बमोजिमको बालुवा, माटो, इट्टा लगायत पनि उपलब्ध गराउँछ । यो पनि सुलभ दरमा ।

४ बर्ष अगाडी विवाह बन्धनमा बाधिएका जोशी, एक छोरीका बाबु पनि हुन् । छोरा, श्रीमान्, बुवा अनि एक सफल उद्यमीको जिम्मेवारी आजको दिनमा जोशीले निष्फिक्री रुपमा निर्वाह गरिरहेका छन् । तत्कालीन समयमा जापानमा रहदा, राम्रो आम्दानीसहितको जागिर, जोशीले त्यागी , आफ्नै माटोमा केही गर्छु भनी विदेश मोहलाई चटक्कै छोडी आज विराटनगर ७ हाटखोलामा राम्रो व्यापार चम्काएका छन् । गरिखाने अनि मिहिनेती मान्छेका लागि गर्न चाह्यो भने आफ्नै देशमा रहेर मनग्गै कमाउन सकिन्छ । यो गतिलो उदाहरणीय व्यक्तित्वको परिचय आज, उत्तम जोशीले दिन सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]