२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

रहरलाग्दो जापानको जागिर छोडी अहिले हार्डवेयर व्यापारमा

विराटनगर ७ निवासी उत्तम जोशी ७ बर्ष जापान बसेर आएका युवा हुन् । अहिले ३३ बर्ष लागेका जोशी हाटखोला चोकमा माता पाथिभरा हार्डवेयर विगत ६ महिनादेखी चलाइरहेका छन् ।
Logo
निरज बस्नेत प्रकाशित बिहिबार, पुष १९, २०८०

उत्तम जोशी

विराटनगर, पुष १९
विराटनगर ७ निवासी उत्तम जोशी ७ बर्ष जापान बसेर आएका युवा हुन् । अहिले ३३ बर्ष लागेका जोशी हाटखोला चोकमा माता पाथिभरा हार्डवेयर विगत ६ महिनादेखी चलाइरहेका छन् । एकलौटी लगानी रहेको जोशीको यो हार्डवेयर पसलमा मूलतः बर्जर पेन्टस्को सामाग्रीहरु सस्तो , होलसेल रेटमा उपलब्ध छन् । यहाँदेखी बाहेक, सेनेटरी, पाइप , मार्वल ब्राण्डका गुणस्तरीय टिकाउ भरपर्दो सामाग्रीहरु, ब्लो, इत्यादी पाइन्छन् । यी सवै पूर्णतः अन्य हार्डवेयरको तुलनामा सस्तो माता पाथिभरा हार्डवेयरमा पाइन्छ । साथै, यस हार्डवेयरले, अर्डर बमोजिमको बालुवा, माटो, इट्टा लगायत पनि उपलब्ध गराउँछ । यो पनि सुलभ दरमा ।

४ बर्ष अगाडी विवाह बन्धनमा बाधिएका जोशी, एक छोरीका बाबु पनि हुन् । छोरा, श्रीमान्, बुवा अनि एक सफल उद्यमीको जिम्मेवारी आजको दिनमा जोशीले निष्फिक्री रुपमा निर्वाह गरिरहेका छन् । तत्कालीन समयमा जापानमा रहदा, राम्रो आम्दानीसहितको जागिर, जोशीले त्यागी , आफ्नै माटोमा केही गर्छु भनी विदेश मोहलाई चटक्कै छोडी आज विराटनगर ७ हाटखोलामा राम्रो व्यापार चम्काएका छन् । गरिखाने अनि मिहिनेती मान्छेका लागि गर्न चाह्यो भने आफ्नै देशमा रहेर मनग्गै कमाउन सकिन्छ । यो गतिलो उदाहरणीय व्यक्तित्वको परिचय आज, उत्तम जोशीले दिन सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]