२१ भाद्र २०८२, शनिबार
06-09-2025 , Sat
Gold Silver Price (19 Bhadra 2082, Thrusday)
Fine Gold 1 Tola NRs. 208400
Silver 1 Tola Nrs. 2495

धनकुटामा सांसद शर्माको भव्य स्वागत

Logo
संवाददाता जनचर्चा प्रकाशित शनिबार, पुष २१, २०८०

धनकुटा, २१ पुस । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा आज भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो ।

उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटोसहितको ब्यानर राखेर कांग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको हो । जनपक्षीय सवालमा गलत गर्ने आफ्नै पार्टीका नेताहरूलाई पनि नछोड्ने उनी अहिले चर्चाको शिखरमा छन् । आफ्नै पार्टी सभापतिको कमजोरीमा पनि उनी खुलेर विरोध गर्छन् । उनले आफ्नै पार्टीका अर्थमन्त्रीको विषयमा विरोध जनाए । सत्ता साझेदार दलको सांसद भएर पनि उनी अहिले सरकारको कमजोरीमा खुलेर बोलिरहेका छन् । सरकारले जनपक्षीय काम गर्न नसेको भन्दै उनले यही अवस्थामा कांग्रेसले समर्थन गरेर बसिरहन नहुने तर्क गर्दै आएका छन् ।

धनकुटामा भएको कार्यक्रममा पनि उनले सरकारको विरोध गरे । कार्यकर्ताहरू माझ उनले यही अवस्थामा कांग्रेस सरकारमा बसिरहन उपयुक्त नहुने तर्क राखे, पार्टी नेतृत्वप्रतिको असन्तुष्टि पनि पोखे । नराम्रो काम गर्ने आफ्नै पार्टीका नेता भएपनि नछोड्ने र राम्रो काम गर्ने फरक पार्टीकै मान्छेलाई पनि प्रशंसा गर्ने नेपाली राजनीति भित्रको नौलो र विरलै देखिने स्वभावका कारण उनी जनप्रिय बन्दै गएका छन् । नेपाली राजनीतिमा पनि उनको प्रभाव बढ्दै गएको छ । उनले पाउँदै आएको सम्मानले पनि यो कुरा प्रस्ट्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, २० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले पत्र लेखेको हो। सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

विराटनगर,१९ भदौ ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रस्टीकरण दिएका छन् ।बुधवार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रस्टीकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी […]