२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

रामबहादुर बमजनको घरबाट ३ करोड भन्दा वढी रुपैँया बरामद

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, पुष २५, २०८०

काठमाडाैं, पुष २५ । प्रहरीको केन्द्रिय अनुशन्धन व्युरो (सीआईबी) ले राम बहादुर बमजनको घरबाट रु ३ करोड बढी रुपैँया बरामद गरेको छ । बुढानिकण्ठस्थित हात्तिगौडामा रहेको उनको घरमा प्रहरीले छापा मार्दा १६ वटा देशको मुद्रा सहीत कम्तीमा ३ करोड ३४ लाख रुपैँया बरामद गरेको हो । बमजनको घरवाट प्रहरीले दुईथान ल्यापटप, २० वटा मोबाइल सेट, १५वटा पेनड्राइभ अमेरीकी डलर थाई र क्यानेडियन मुद्रा बरामद गरेको हो ।

लिटिल बुद्ध नामले चिनिएका रामबहादुर बमजनलाई हत्या बलत्कार आफ्रनै आश्रमका अनुयायीलाई बेपत्ता पारेको आरोप लागेपछि उनी फरार भएका थिए । तर लामो समयपछि सीआईबीले बमजनलाई उनकै घरबाट पक्राउ मंगलवार पक्राउ गरेको छ । आफु पक्राउ हुने जानकारी पाएपछि वमजन घरको दुई तलाबाट हामफालेर भाग्ने कोशिस गरेपनि उनको यसपटकको भाग्ने कोशिसलाई प्रहरीले नाकाम पारेको हो ।
बमजनमाथि नुवाकोटकी कर्मा तामाङ, मकवनपुरकी फुलमाया रुम्बा, सुरेश आले, सर्लाहीकी रिता बोट र सञ्चमान बाइलालाई बेपत्ता पारेको आरोप लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]