१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

महानगरको निर्णय विरुद्ध परमादेश जारी, अब विराटनगरमा सुर्ती–गुट्खा बेच्न पाईने

Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष २५ । सुर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने विराटनगर महानगरको निर्णय विरुद्ध उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । यससँगै अब विराटनगरमा गुट्खा लगाएत सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने बाटो पुनः खुला भएको छ । उच्च अदालतका न्यायधीसहरु गणेश बराल र ममता खनालको इजलासले सो परमादेश जारी गरेको हो ।

अदालतको यो आदेशसँगै विराटनगर महानगरपालिकाले कानुन जारी गरेर कार्यन्वयनमा ल्याएको सुर्तीजन्य वस्तुको बिक्री वितरण रोकमा बे्रक लागेको छ ।
साउन १ गतेदेखि विराटनगर महानगरपालिले पालिका क्षेत्रभित्र सुर्तीजन्य वस्तुहरु सुर्ती, खैनी र गुटखा विक्री वितरणमा प्रतिवन्ध लगाएको थियो । त्यसउता नगरक्षेत्र भित्र सुर्ती, खैनी र गुटखा विक्री वितरण गर्ने व्यवसायीलाई धरपकड गर्दै महानगरले कारवाही गर्दै आएको थियो । व्यवसायमा धक्का पुग्ने गरी महानगरले कदम चालेपछि उक्त निर्णय विरुद्ध श्रीराम टोबाकोले तत्कालै उत्प्रेषण परमादेशको मुद्दा दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]