२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

महानगरको निर्णय विरुद्ध परमादेश जारी, अब विराटनगरमा सुर्ती–गुट्खा बेच्न पाईने

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, पुष २५, २०८०

विराटनगर, पुष २५ । सुर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने विराटनगर महानगरको निर्णय विरुद्ध उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । यससँगै अब विराटनगरमा गुट्खा लगाएत सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने बाटो पुनः खुला भएको छ । उच्च अदालतका न्यायधीसहरु गणेश बराल र ममता खनालको इजलासले सो परमादेश जारी गरेको हो ।

अदालतको यो आदेशसँगै विराटनगर महानगरपालिकाले कानुन जारी गरेर कार्यन्वयनमा ल्याएको सुर्तीजन्य वस्तुको बिक्री वितरण रोकमा बे्रक लागेको छ ।
साउन १ गतेदेखि विराटनगर महानगरपालिले पालिका क्षेत्रभित्र सुर्तीजन्य वस्तुहरु सुर्ती, खैनी र गुटखा विक्री वितरणमा प्रतिवन्ध लगाएको थियो । त्यसउता नगरक्षेत्र भित्र सुर्ती, खैनी र गुटखा विक्री वितरण गर्ने व्यवसायीलाई धरपकड गर्दै महानगरले कारवाही गर्दै आएको थियो । व्यवसायमा धक्का पुग्ने गरी महानगरले कदम चालेपछि उक्त निर्णय विरुद्ध श्रीराम टोबाकोले तत्कालै उत्प्रेषण परमादेशको मुद्दा दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]