०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

सन्दिप लामिछानेलाई अदालतले ८ बर्ष सजायको साथमा ५ लाख जरिवाना तोक्यो

ग्लोवल आइकन प्लेयर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ बर्ष सजाय तोकेको छ । साथमा ५ लाख जरिवाना समेत क्षतिपूर्ति जरिवाना गर्ने भनी फैसला भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।
Logo
निरज बस्नेत प्रकाशित बुधबार, पुष २५, २०८०

सन्दिप लामिछाने

विराटनगर, पुष २५
ग्लोवल आइकन प्लेयर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ बर्ष सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीस शिशिरराज ढकालको इजलासले यस्तो सजाय तोकिदिएको हो । साथमा ५ लाख जरिवाना समेत क्षतिपूर्ति जरिवाना गर्ने भनी फैसला भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस शिशिरराज ढकालको इजलासले यस्तो सजाय तोकिदिएको हो । यसअघि पुष १३ गते अदालतले सन्दिपलाई जवरजस्ती करणीमा दोषी ठहर गरेको थियो । जसअनुसार बुधवार , आज अदालतले सन्दिपलाई सजाय सुनाएको हो ।

सन्दिपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । फैसलामा , लेखिएको छ , १८ बर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो , फैसलामा लेखिएको छ , गौशला २६ को नाजुक अवस्थाको फाइदा उठाई करणी भएको देखिदा सहमतीको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दिप लामिछानेले मुलुकी अपराध संहीता २०७४ को दफा २१९(१ , २ र ३) (ङ) बमोजिम कसुर ठहर गरेको छ ।

पुष ८ देखी लगातार अन्तिम सुनुवाइ भएको मुद्दाको फैसलामा पक्ष र विपक्षका बयान , साक्षीका बयान र घटना विवरण , सीसीटीभी फुटेजका आधारमा गौशला २६ र सन्दिप लामिछानेले काठमाडौंदेखी आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ । एउटै काठामा बसेको अवस्थामा सन्दिपले बलात्कार गरेको ठहर अदालतले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]