२४ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

इटहरीमा जलन अस्पताल निर्माण प्रक्रिया सुरू

Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष २५। काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएकाे छ । विषेश गरी आगलागीमा घाइते भएका  बिरामीहरूकाे उपचारका लागि एक सय शय्याकाे उक्त अस्पताल निर्माण गर्न काेशी प्रदेश सरकार र जन स्वास्थ्य सराेकार ट्रष्टबीच सम्झाैता भएकाे हाे । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा र ट्रष्टका कार्यकारी निर्देशक गाैरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।

ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेकाे २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याकाे जलन अस्पताल निर्माण गर्न लागेकाे हाे । ट्रष्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे पनि हालसम्म संभव हुन सकेकाे थिएन । मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भए लगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियाेजन गरेर प्रक्रिया सुरू गरेका हुन् ।

प्रदेश सरकारले ट्रष्टसँग सम्झाैता गरेर तीन मिहनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ कराेड ५० लाख बजेट दिने सम्झाैता गरेकाे छ । ४० कराेड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् । उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएकाे अनुदान सहयाेग गरे बापत काेशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झाैतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गरिने समेत सम्झाैता पत्रमा भनिएकाे हाे ।

ट्रष्टले किर्तिपुर नगरपालिकासँगकाे सहकार्यमा किर्तिपुर अस्पताल, काठमाडाैं माेडेल अस्पताल सञ्चालन गरेकाे र काठमाडाैं बाहिर सात वटै प्रदेशमा जलेकाे, पाेलेकाे, ओठ तथा तालु फाटेकाे, बाेलीकाे तालिमलगायतकाे सेवा प्रवाह गर्दै आएकाे छ ।

मुख्यमन्त्री कार्कीले काेशी र मधेस प्रदेशका अागलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू गरेकाे बताएका छन् । ´उर्लाबारीमा दिपावली मनाउने क्रममा भएकाे आगलागीका २५ जना घाइते र वरिाटनगरमा भएकाे आगलागीका ५ जना घाइतेकाे समयमा उपचार गर्न सकेकाे भए मानवीय क्षति कम हुन् थियाे,` उनले भने, ´समयमा आगलागीमा घाइते भएकाकाे उपचार नहुँदा उर्लाबारी ८ र विराटनगरका ३ जना गुमाउन बाध्य भएकाेले काेशी प्रदेशमा नै जलन अस्पताल निर्माण प्रक्रिया सुरू गरेका हाैं ।`

मुख्यमन्त्री कार्कीले एकातिर समाजसेवीले बिरामीलाई उपचार सेवा दिइरहेकाे र अर्काेतिर व्यापारीहरूले उपचारकाे व्यापार गरिरहेकाे बताएका छन् । ´एकातिर ब्यापारीले पहिले पैसा तिर अनि उपचार गर्ने र बिरामीलाई लग्न दिने तर किर्तिपुरमा विमानस्थलमा पुग्ने बित्तिकै चिकित्सक आफै पुगेर, विदेशबाट चिकित्सक उपकरणसहित बाेलाएर उपचार गरेकाे तर पैसा खाेजेनन् ।` हामीसँग हेलिकाेपटर भएकाे भए अझै केही बिरामी बचाउन सक्ने अवस्था रहेकाे उनले सुनाएका हुन् ।

मुख्यमन्त्री कार्कीले जलन अस्पताल कुनै कारणले नराेकिने र बजेट अपुग भएकाे अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नाफा रहित जन स्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले काेशीमा अस्पताल निर्माणका लागि अनुदान सहयाेग गरेकाे बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]