१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बर्जु महोत्सवको समुद्घाटन माननीय भगवती चौंधरीले गर्ने

पाँचौ बर्जु महोत्सवको समुद्घाटन शुक्रवार, भोली माननीय भगवती चौंधरीद्दारा हुनेछ
Logo
निरज बस्नेत

बर्जु/सुनसरी, पुष २६
पाँचौ बर्जु महोत्सवको समुद्घाटन शुक्रवार, भोली माननीय भगवती चौंधरीद्दारा हुने भएकाेछ । सो कुराको जानकारी महोत्सवका संयोजक श्रवण चौंधरीले विहीवार आयोजित पत्रकार सम्मेलनका दौरानमा दिएका छन् ।

महोत्सव बर्जु तालको १ नं. गेटको खुला चौरमा हुनेछ । यो कुराको जानकारी बर्जु सामुदायिक विकास केन्द्रका सचिव, सन्जिव चौंधरीले गराएका छन् । १५२ विघा क्षेत्रफलमा फैलिएको चिमडी बर्जु ताल भने प्रचारप्रचारकै कारणले आजसम्म ओझेलमा परेको देखिन्छ । तरपनि बर्जुकै स्थानीय समाजसेवीद्दय, श्रवण तथा सन्जिवको तदारुकताका कारण यो महोत्सव पाँचौंपटक हुन गइरहेको छ ।

महोत्सवलाई आकर्षक बनाउन , प्रत्येक दिन स्थानीय कलाकारको साथमा राष्ट्रिय कलाकारहरुको जोडदार प्रस्तुती रहने कुरापनि पत्रकार सम्मेलनका क्रममा जानकारी गराइएको थियो । नाम चलेका कलाकारहरु, ज्योती मगर, र्धुमुस–सुन्तली, मुस्कान चौधरी, शुशिला कार्की, प्रिति पासवान, भगवत मण्डल, निरुता साह र माही मनिस लगायत रहेका छन् । महोत्सवमा सांगितिक माहौलका अलावा, प्रत्येक दिन दिनको ३ बजेदेखी कुस्ती–दंगल समेत हुने कुराको जानकारी संयोजक श्रवणले बताएका  छन् । कुस्तीमा  नेपाल तथा भारतका पहलवानहरु दुवै समावेश हुनेछन् । उनका अनुसार मनोरन्जनात्मक खेलहरु, झुला, रोटेपिङ, ड्रागन रेल, मिक्की माउस आदी रहनेछ ।

विशेषतः महोत्सवमा १०० जना स्थानीय जेष्ठ नागरिकलाई समेत आयोजकले सम्मान गर्ने सचिव सन्जिव बताउँछन् । महोत्सवमा ३० स्टल हुनेछन् । साथै महोत्सवलाई भव्य – सव्य बनाउन १०० जना स्वयंसेवकको पनि व्यवस्था आयोजकले गरेको छ । त्यस्तैगरी शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालित हुनेनै छन् ।

सिसी क्यामेरा १० ठाउँमा जडान हुनेछन् । महोत्सव पुष २७ गतेदेखी माघ ११ गतेसम्म गरी जम्मा १४ दिनसम्म लाग्नेछ । महोत्सवको समय दैनिक विहान १० बजेदेखी राती १० बजेसम्म चल्नेछ । कोशी प्रदेशको सवैभन्दा ठूलो जलाशय प्रदेश राजधानी विराटनगरदेखी ८ कि. मी. पश्चिममा बर्जु ताल अवस्थित छ । बर्जु गाउँपालिकाको ऐतिहासिक धरोहर पर्यटकीय स्थल महाभारत काल खण्ड सँग जोडिएको ५ पाण्डवहरु द्रोपदी तिर्खाएको बेला पानी खोज्न जाँदा बकुल्ला उडेका ठाउँमा अवश्य पानी होला भनेर पानी लिन जाँदा पालैपालो ५ पाण्डव मुर्छित भएको यो ताल आफैमा पौराणिक पनि छदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]