०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

देशैभरि घन्कियाे “राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद” काे नारा

Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष २९। ३०२औं पृथ्वी जयन्ती मनाउने क्रममा “राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद” काे नारा घन्किएकाे छ । बल्लभप्रसाद दाहाल अध्यक्ष रहेको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले शुक्रबार विराटनगरमा पृथ्वी जयन्ती मनाउन निकालेकाे र्‍यालीमा साे नारा घन्किएकाे हाे । विराटनगरमा मात्र नभएर देशकाे विभिन्न स्थानहरुमा निकालिएकाे र्‍यालीहरुमा जनताहरु स्वतस्फुर्तरुपमा सहभागी भई राजतन्त्रकाे पक्षमा नारा लगाएकाे आयाेजक सदस्य पुष्पराज दाहालले जानकारी दिए ।

“हामीले राजतन्त्रकाे पक्षमा नारा लगाउने निधाे गरेका थियाैं, गणतन्त्रका विपक्षमा नारा लगाउने निधाे गरेका थिएनाैं” दाहाल भन्छन् “तर जनताहरु पम्प्लेटसहित स्वतस्फुर्त रुपमा ओर्लिएर गणतन्त्रकाे विपक्षमा नारा लगाउदा हामी आफै पनि छक्क पर्याै ।” गणतन्त्रले विकास गरेकाे चरम भ्रष्ट्रचार, दलालीपन, बेथिती, अनियमितता,  विभेद, नातावाद  र कृपावादका कारण जनताहरु आजित भएकाले जनताहरु आफै गणतन्त्रविरुद्ध ओर्लिन थालेकाे दाहालकाे बुझाई छ ।

राजसंस्था फर्काउन चैतदेखि दाहाल नेतृत्वकाे एकीकृत राष्ट्रिय संघर्ष समिति आन्दोलनमा जुटेकाे छ । शुक्रवारकाे र्‍यालीमा जनता  स्वतस्फुर्तरुपमा सहभागी भई नारा लगाउदा कार्यक्रम सफल भएकाे आयाेजकले अनुभूती गरेकाे छ । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]