१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न

Logo
संवाददाता जनचर्चा

विराटनगर,२९ पुस / विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ ।
पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो ।

महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले सहजीकरण गर्नुभयो । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ ।

त्यस्तै स्वतन्त्र विज्ञलाई सहजकर्ता तोक्ने व्यवस्थाअनुसार महानगरपालिकाले तिम्सिनालाई सहजीकरणका लागि विज्ञका रुपमा तोकेको हो । कार्यशालामा आगामी आर्थिक वर्षका लागि लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा अपनाउनुपर्ने कार्यदिशासमेत तय गरिएको थियो । आर्थिक वर्ष २०७९/८० को लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गर्दै आगामी वर्षका लागि सुधारसहितका योजना गरिने कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरणका सन्दर्भमा सयवटा सूचक हुन्छन् । लैंसससामा ८ वटा तालिम रहने व्यवस्था छ । विज्ञ तिम्सिनाका अनुसार तालिका ८ बाट आगामी आर्थिक वर्षको योजना निर्माण गरिन्छ । कार्यशालामा कार्यदल सदस्य विश्वनाथप्रसाद भगत, कमला श्रेष्ठ, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित विभिन्न शाखा तथा महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]