१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हुर्रा नाचेर विराटनगरमा मगर समुदायले मनाए माघे संक्रान्ति

Logo
संवाददाता जनचर्चा

विराटनगर, माघ १ । नेपाल मगर संघ विराटनगरले शिक्षामा जोड दिंदै हुर्रा नाचेर माघे संक्रान्ति पर्व मनाएको छ । सोमबार डिग्री क्याम्पस विराटनगरको विज्ञानखण्डमा आयोजित कार्यक्रममा आफ्नो जातीय पोशाकमा सजिएका मगर समुदायका सदस्यहरुले मौलिक नृत्य हुर्रा नाच्दै, सेलरोटी, तरुल, तीलको लड्डु खाएर माघे संक्रान्ति मनाएका हुन् ।
सो अवसरमा मगर समुदायको पहिचान, सम्मान र शिक्षाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर खपाङ्गी मगरलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै आयोजक नेपाल मगर संघ विराटनगर महानगर समितिका पूर्व अध्यक्ष शेरबहादुर थापा मगरले आफ्नो पोशाक लगाएर, हुर्रा नाचेर मात्र मगर समुदाय अगाडि नबढ्ने बताउँदै यसका लागि शिक्षा अझ बढी जरुरी रहेको बताए ।
डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर खपाङ्गी मगरले राजनीतिक र आर्थिक रुपमा मगर समुदाय सबल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नगर अध्यक्ष कुवेर त्रोकछाकी मगर, मेहेन्द्र माेरङ्ग बहुमुखी क्यापसका प्रध्यापक एवं पत्रकार विजय खतिजडा, सचिव ममता पुलामी, कोशी प्रदेश अध्यक्ष तेजकुमार आले, सदस्य चीनकाजी थापा मगर, तमु छोज झी मोरङका अध्यक्ष जंग घले गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाल मगर संघ विराटनगर समितिको आह्वानमा माघे संक्रान्ति पर्व १५ वर्षदेखि निरन्तर मनाउँदै आएको छ । मिनाम्ल्हेस पर्व ५०१७ नयाँ वर्षको रुपमा माघे संक्रान्ति मनाइएको नगर अध्यक्ष मगरले बताए । शिक्षा, संगठन, संघर्ष र समृद्धि चार ‘स’ को मुल नारा लिएर नेपाल मगर संघ विराटनगर महानगर समिति अगाडि बढिरहेको जनाइएको छ । कार्यक्रममा मेघराज, चन्द्र, स्वस्तिका, रमिता, सविना मगरलगायत कलाकारले विशेष सांस्कृतिक प्रस्तुती गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]