२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

हुर्रा नाचेर विराटनगरमा मगर समुदायले मनाए माघे संक्रान्ति

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, माघ ०१, २०८०

विराटनगर, माघ १ । नेपाल मगर संघ विराटनगरले शिक्षामा जोड दिंदै हुर्रा नाचेर माघे संक्रान्ति पर्व मनाएको छ । सोमबार डिग्री क्याम्पस विराटनगरको विज्ञानखण्डमा आयोजित कार्यक्रममा आफ्नो जातीय पोशाकमा सजिएका मगर समुदायका सदस्यहरुले मौलिक नृत्य हुर्रा नाच्दै, सेलरोटी, तरुल, तीलको लड्डु खाएर माघे संक्रान्ति मनाएका हुन् ।
सो अवसरमा मगर समुदायको पहिचान, सम्मान र शिक्षाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर खपाङ्गी मगरलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै आयोजक नेपाल मगर संघ विराटनगर महानगर समितिका पूर्व अध्यक्ष शेरबहादुर थापा मगरले आफ्नो पोशाक लगाएर, हुर्रा नाचेर मात्र मगर समुदाय अगाडि नबढ्ने बताउँदै यसका लागि शिक्षा अझ बढी जरुरी रहेको बताए ।
डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर खपाङ्गी मगरले राजनीतिक र आर्थिक रुपमा मगर समुदाय सबल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नगर अध्यक्ष कुवेर त्रोकछाकी मगर, मेहेन्द्र माेरङ्ग बहुमुखी क्यापसका प्रध्यापक एवं पत्रकार विजय खतिजडा, सचिव ममता पुलामी, कोशी प्रदेश अध्यक्ष तेजकुमार आले, सदस्य चीनकाजी थापा मगर, तमु छोज झी मोरङका अध्यक्ष जंग घले गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाल मगर संघ विराटनगर समितिको आह्वानमा माघे संक्रान्ति पर्व १५ वर्षदेखि निरन्तर मनाउँदै आएको छ । मिनाम्ल्हेस पर्व ५०१७ नयाँ वर्षको रुपमा माघे संक्रान्ति मनाइएको नगर अध्यक्ष मगरले बताए । शिक्षा, संगठन, संघर्ष र समृद्धि चार ‘स’ को मुल नारा लिएर नेपाल मगर संघ विराटनगर महानगर समिति अगाडि बढिरहेको जनाइएको छ । कार्यक्रममा मेघराज, चन्द्र, स्वस्तिका, रमिता, सविना मगरलगायत कलाकारले विशेष सांस्कृतिक प्रस्तुती गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]