१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चिसोका कारण विराटनगरका विद्यालयहरु तीन दिन विदा

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, माघ ०२, २०८०

विराटनगरमा अत्याधिक चिसो बढ्न थालेपछि महानगर क्षेत्र भित्रका शैक्षणिक सस्थाहरुलाई तीन दिन विदा दिने निर्णय गरिएको छ।
अत्याधिक चिसो बढ्न थालेपछि मंगलवार महानगरले एक सुचना जारी गर्दै ३, ४ र ५ गते विद्यालयहरु विदा दिन भनेको छ। “केही दिनदेखि बढेको चिसोका कारण विद्यालयको पठनपाठन लगायतको गतिविधी गर्न कठिनाइ भएको तथा बलबालिकाको स्वस्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पुर्ण विद्यालयको पठनपाठन मिति २०८० /१० /०३ देखि मिति २०८०/ १० /०५ गतेसम्म वन्द गर्न गराउन निर्णय अनुसार जानकारी गराइन्छ ।” महानगरले मंगलवार जारी गरेको सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]