०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

अयाेध्यामा प्राणप्रतिष्ठाका दिन विराटनगरमा उत्सवकाे तयारी

Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष ४ । भारतको अयोध्यामा निर्माण गरिएकाे विश्व चर्चित रामको मन्दिरमा प्राणप्रतिष्ठा गर्ने दिन विराटनगरका विभन्न संघसंस्थाहरुले भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएका छन् । साे  मन्दिरमा जवनरी २२ तारिक रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिँदैछ । प्राण प्रतिष्ठाको दिन विराटनगरको हिन्दु स्वयंसेवक संघ नेपाल,न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, झिः पुच विराटनगर, न्युरो बंग्लामुखि सोसाईटी, ब्रह्मकुमारी राजयोग केन्द्र र नागरिक समाजले दिप प्रज्वलन लगाएत विभन्न धार्मिक कार्यक्रम गर्न लागेका हुन् ।

उनीहरुले बुधबार न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलमा  पत्रकार सम्मेल गरी साे अवसरमा सबैकाे घरमा दिप प्रज्वलन र भजन कृतन गर्न आग्रह समेत गरेका छन् । साेही अवसरमा न्युरो हस्पिटलले लक्ष्मी नारायण मन्दिरका वटुकाको स्वस्तीवाचनसँगै साँस्कृतिक नृत्य समेत गराउने भएकाे छ । कार्यक्रममा बाेल्दै न्युराेका संचालक डा‌‍ विरेन्द्र विष्टले साईन्सबाट हुने सबै उपचार डाक्टरले गर्ने तर उपचारपछि त्यस शरिरमा प्राण दिने काम भागवानले गर्ने भएकाले अस्पतालसँगसगै समाजमा मठ-मन्दिरकाे आवश्यकता पनि उत्तिकै रहेकाे औलाए ।

हिन्दु स्वयम् सेवक संघ नेपालका प्रतिनिधि महेन्द्र शाहले तनमा चाेट लागे अस्पताल, मनमा चाेट लागे मन्दिर चाहिने भएकाले मन्दिर समाजकाे अपरिहार्य संरचाना रहेकाे बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]