०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कोशी प्रदेश प्रहरी प्रमुख खापुङबाट पदभार ग्रहण

Logo
जनचर्चा संवाददाता

बिराटनगरमाघ ०४ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रहरी महाशाखा टंगालकाठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले आजै कार्यभार सम्हाल्नु भएको हो ।

 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्वेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न  अहोरात्र खटिई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीप्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाकोशी प्रदेश प्रहरी कार्यालयका अन्य सिनियर प्रहरी अधिकृतहरूनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीनेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीप्रदेश प्रहरी गण रानीजिल्ला प्रहरी कार्यलय मोरङसुनसरीका  जिल्ला प्रहरी प्रमुख र यस कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]