२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा अठ्ठार युवा स्टार्टअपहरुद्वारा आईडिया प्रस्तुत

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, माघ १७, २०८०

 माघ १६, विराटनगर । उद्योग संगठन मोरङले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गतका तेश्रो चरणमा सहभागि अठ्ठार स्टार्टअपहरुले आफनो आईडियाको प्रस्तुती गरेका छन् ।

साे कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्नुरहेको वताएका छन् । नविन व्यवसायिक अवधारणा भएका युवाहरुलाई लक्षित गरी संचालित कार्यक्रमले उद्यमशिलता रुपान्तरणका लागि मेन्टरहरुका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्ने अध्यक्ष सुरानाले स्पष्ट पारे । उनले वर्तमान समयमा युवा पलायन सबै क्षेत्रका लागि चिन्ताको विषय भएको वताउदै आर्थिक विकासका सम्वाहकका रुपमा रहेको यस वर्गलाई स्वदेश मै व्यवसायीक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको धारणा राखे ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले युवा उद्यमशिलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको वताए । स्र्टाटअप कार्यक्रम अन्तर्गत तेश्रो चरणमा सहभागि भएका अठ्ठार स्टार्टअप मध्ये उत्कृष्ट तीनलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शुन्यबाट शुरु गरेर शिखरसम्म पुग्न सफल विश्वका स्टार्टअपहरुको उदाहरण दिदै युवाहरुलाई आफुमा निहित शिपको व्यवसायीक विकासका लागि सदैव दत्तचित भएर लाग्न सुझाव दिए ।

संगठनको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदयीमान स्टार्टअपहरुमा युवा वर्गको वर्चश्व रहेको वताउँदै देशको आर्थिक समृद्धिमा यो वर्गले अग्रसरता लिनुपर्ने धारणा राखे । संगठनले युवा उद्यमशिलता विकासका लागि गरेको यस पहललाई सफल वनाउन उनले सबैलाई आग्रह गरे । तेश्रो चरणमा सहभागि स्टार्टअपहरुलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गरी वित्तीय श्रोत व्यवस्थापनका लागि एन्जल ईन्भेष्टर मार्फत लगानी व्यवस्थापनमा सहयोग गरिने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागि स्टार्टअप उद्यमीहरुले आफनो अवधारणा तथा व्यवसायका बारेमा लगानीकर्ता एन्जल ईन्भेष्टर, व्यवसायीक सेवा प्रदायक, मेन्टर तथा समितिका सदस्यहरु समक्ष प्रस्तुती गरेका थिए । संगठनले वितग तीन वर्ष देखि संचालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरणमा १७ र दोश्रो चरणमा १३ जना स्टार्टअपहरु ग्राजुएट भईसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]