२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा अठ्ठार युवा स्टार्टअपहरुद्वारा आईडिया प्रस्तुत

Logo
संवाददाता जनचर्चा

 माघ १६, विराटनगर । उद्योग संगठन मोरङले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गतका तेश्रो चरणमा सहभागि अठ्ठार स्टार्टअपहरुले आफनो आईडियाको प्रस्तुती गरेका छन् ।

साे कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्नुरहेको वताएका छन् । नविन व्यवसायिक अवधारणा भएका युवाहरुलाई लक्षित गरी संचालित कार्यक्रमले उद्यमशिलता रुपान्तरणका लागि मेन्टरहरुका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्ने अध्यक्ष सुरानाले स्पष्ट पारे । उनले वर्तमान समयमा युवा पलायन सबै क्षेत्रका लागि चिन्ताको विषय भएको वताउदै आर्थिक विकासका सम्वाहकका रुपमा रहेको यस वर्गलाई स्वदेश मै व्यवसायीक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको धारणा राखे ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले युवा उद्यमशिलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको वताए । स्र्टाटअप कार्यक्रम अन्तर्गत तेश्रो चरणमा सहभागि भएका अठ्ठार स्टार्टअप मध्ये उत्कृष्ट तीनलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शुन्यबाट शुरु गरेर शिखरसम्म पुग्न सफल विश्वका स्टार्टअपहरुको उदाहरण दिदै युवाहरुलाई आफुमा निहित शिपको व्यवसायीक विकासका लागि सदैव दत्तचित भएर लाग्न सुझाव दिए ।

संगठनको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदयीमान स्टार्टअपहरुमा युवा वर्गको वर्चश्व रहेको वताउँदै देशको आर्थिक समृद्धिमा यो वर्गले अग्रसरता लिनुपर्ने धारणा राखे । संगठनले युवा उद्यमशिलता विकासका लागि गरेको यस पहललाई सफल वनाउन उनले सबैलाई आग्रह गरे । तेश्रो चरणमा सहभागि स्टार्टअपहरुलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गरी वित्तीय श्रोत व्यवस्थापनका लागि एन्जल ईन्भेष्टर मार्फत लगानी व्यवस्थापनमा सहयोग गरिने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागि स्टार्टअप उद्यमीहरुले आफनो अवधारणा तथा व्यवसायका बारेमा लगानीकर्ता एन्जल ईन्भेष्टर, व्यवसायीक सेवा प्रदायक, मेन्टर तथा समितिका सदस्यहरु समक्ष प्रस्तुती गरेका थिए । संगठनले वितग तीन वर्ष देखि संचालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरणमा १७ र दोश्रो चरणमा १३ जना स्टार्टअपहरु ग्राजुएट भईसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]