१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रंगेलीमा शिक्षकलाई पाठ्यक्रम प्रविधिकरण सम्बन्धी तालिम

Logo
निरज बस्नेत

रङ्गेली,१८ माघ । मोरङको रंगेली नगरपालिका अन्तर्गतका २७ सामुदायिक विद्यालयमा कार्यरत २६० जना शिक्षकहरूलाई पाठ्यक्रम प्रविधिकरण तथा मूल्याङ्कन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । तिनै तहका अङ्ग्रेजी नेपाली गणित विज्ञान र सामाजिक विषय अन्तर्गतका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । कक्षा ५, ८ र १० मा अध्यापन गराउने विषयगत शिक्षकहरुलाई अनिवार्य तालिम को व्यवस्था गरिएको हो।

संघीय सरकार र रंगेली नगरपालिकाको साझेदारी र आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो। बिहिबार तालिमको उद्घाटन गर्दै नगरपालिकाका नगरप्रमुख दिलिप कुमार अग्रवाल ले सबै शिक्षकहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षा कोठामा प्रयोग गर्न निर्देशन दिएका छन्। अग्रवालले शिक्षामा लगानी वृद्धि गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न र बालबालिकाको पढ्न पाउने हकलाई सुनिश्चित गर्ने उद्देश्यले गुणस्तरीय शिक्षा र मूल्याङ्कन प्रणालीमा जोड दिए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमले विद्यार्थीहरूको भविष्यलाई ध्यान दिँदै शिक्षकहरूले समयमै विद्यालयमा उपस्थित भई पठनपाठन गर्न आग्रह गरे । खुल्ला सत्रको अध्यक्षता नगर सामाजिक शिक्षा शाखाका अध्यक्ष अवधेश मण्डलले गरेका थिए । शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डित रंगेली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चुणा मणी रेग्मी शिक्षक हरू किशोर पोखरेल अरविन्द शाह हेमा मिश्र लगायतले तालिमको शुभकामना दिँदै तालिमबाट प्राप्त ज्ञान र शिपलाई कक्षा कोठामा प्रयोग गर्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]