१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

रंगेलीमा शिक्षकलाई पाठ्यक्रम प्रविधिकरण सम्बन्धी तालिम

Logo
निरज बस्नेत प्रकाशित बिहिबार, माघ १८, २०८०

रङ्गेली,१८ माघ । मोरङको रंगेली नगरपालिका अन्तर्गतका २७ सामुदायिक विद्यालयमा कार्यरत २६० जना शिक्षकहरूलाई पाठ्यक्रम प्रविधिकरण तथा मूल्याङ्कन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । तिनै तहका अङ्ग्रेजी नेपाली गणित विज्ञान र सामाजिक विषय अन्तर्गतका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । कक्षा ५, ८ र १० मा अध्यापन गराउने विषयगत शिक्षकहरुलाई अनिवार्य तालिम को व्यवस्था गरिएको हो।

संघीय सरकार र रंगेली नगरपालिकाको साझेदारी र आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो। बिहिबार तालिमको उद्घाटन गर्दै नगरपालिकाका नगरप्रमुख दिलिप कुमार अग्रवाल ले सबै शिक्षकहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षा कोठामा प्रयोग गर्न निर्देशन दिएका छन्। अग्रवालले शिक्षामा लगानी वृद्धि गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न र बालबालिकाको पढ्न पाउने हकलाई सुनिश्चित गर्ने उद्देश्यले गुणस्तरीय शिक्षा र मूल्याङ्कन प्रणालीमा जोड दिए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमले विद्यार्थीहरूको भविष्यलाई ध्यान दिँदै शिक्षकहरूले समयमै विद्यालयमा उपस्थित भई पठनपाठन गर्न आग्रह गरे । खुल्ला सत्रको अध्यक्षता नगर सामाजिक शिक्षा शाखाका अध्यक्ष अवधेश मण्डलले गरेका थिए । शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डित रंगेली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चुणा मणी रेग्मी शिक्षक हरू किशोर पोखरेल अरविन्द शाह हेमा मिश्र लगायतले तालिमको शुभकामना दिँदै तालिमबाट प्राप्त ज्ञान र शिपलाई कक्षा कोठामा प्रयोग गर्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]