२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

भाटभटेनीको हकमा पूरानै फैसला सदर

दुई बर्ष अघि सर्वोच्च अदालतले अभियोग ठहर गरेको फैसलामा भाटभटेनी पुनरावलोकनमा गएतापनि अन्तत ः सर्वोच्चले पूरानै फैसलालाई सदर गरेको छ । भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलबाट करछली गरेको भन्दै कर प्रशासनले निर्धारण गरेको कर सर्वोच्चको पुनरावलोकनबाट समेत ठहर भएको छ ।
Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, माघ १९, २०८०

विराटनगर, माघ १९
दुई बर्ष अघि सर्वोच्च अदालतले अभियोग ठहर गरेको फैसलामा भाटभटेनी पुनरावलोकनमा गएतापनि अन्तत ः सर्वोच्चले पूरानै फैसलालाई सदर गरेको छ । भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलबाट करछली गरेको भन्दै कर प्रशासनले निर्धारण गरेको कर सर्वोच्चको पुनरावलोकनबाट समेत ठहर भएको छ ।

अव फैसला सदरसँगै भाटभटेनीले राज्यलाई १ अर्व ४७ करोड रुपैयाँ कर तिर्नुपर्ने भएको छ । कर तथा जरिवाना र त्यसमा बर्षेनी थपिदै जाने ब्याजका कारणले गर्दा भाटभटेनीले अव सरकारलाई १ अर्व ४७ करोड रुपैयाँ बुझाउनुपर्ने देखिएको छ । २०७६ सालमै दोषी ठहर भएलगतै तिरेको भए पछिल्लो ४ बर्षमा थपिने ब्याज न्युन हुनेथियो । तर भाटभटेनी पुनरावलोकनमा गएका कारण अतिरिक्त करोडौंको भार थपिएको हो । भ्याटमा थप निर्धारण र ब्याज जोडेर आउने रकममा बर्षेनी थप दस्तुर लाग्छ ।

आयकरमा थप निर्धारणमा बर्षेनी १५ प्रतिशत ब्याज लाग्छ । संवत् २०६४ सालदेखी लगातार ४ बर्षमा भाटभटेनीले नक्कली भ्याट विलको प्रयोगबाट करछली गरेको आन्तरिक राजश्व विभागको अनुशन्धानबाट खुलेको छ । पुनरावलोकनको जालोमा भाटभटेनी भास्सिदा सावाँभन्दा ब्याज र जरिवानाको भार बोक्न बाध्य भएको देखिन्छ । अहिले यस्तै प्रकृतिका केही  मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]