१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

बाटाे भुलीएकी वृद्धालाई महानगरले लगायाे परिवारकाे जिम्मा

Logo
संवाददाता जनचर्चा

विराटनगर,२२ माघ । विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाले परिवारको जिम्मा लगाएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा बाटाे भुलीएकी ८५ वर्षीया तारादेवी पोद्धारलाई महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो ।

वृद्धालाई नगर प्रहरीले गाडीमा राखेर विभिन्न स्थानमा पुर्‍याएर उनकाे घरका विषयमा सोधीखोजी गरेको थियो । एकजना व्यक्तिले उनलाई चिनेपछि घरको पहिचान भएको थियो । विराटनगर–३ दुर्गाचोकस्थित घरबाट घुम्न नस्किएकी पोद्धार बाटो बिर्सिएर कञ्चनबारी पुगेकी थिइन् । कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी पोद्धारले सुरुमा आफ्नो घर बुद्धचोक भएको र छोराको नाम भोला भएको बताएकी थिइन् । नगर प्रहरीले एक्कासि तारादेवीलाई लिएर घरमा पुग्दा परिवारका सदस्यहरुबीच कोहोलो मच्चाएर रोएका थिए ।

नगर प्रहरीका सई तीर्थजंग खत्री नेतृत्वको टोलीले छोरा भोला र नातिनी काजलको जिम्मा लगाएको थियो । हराएकी आमालाई सकुशल घरमा पुर्‍याएपछि नातिनी काजलले महानगरपालिकालाई धन्यवाद दिएकी थिइन् । “महानगरपालिका हाम्रा लागि त भगवान् नै प्रकट भएजस्तो भएको छ,” काजलले रुँदै भनिन्, “मेयर नागेश कोइराला र नगरपालिकालाई हाम्रो धेरैधेरै धन्यवाद छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]