१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण

Logo
संवाददाता जनचर्चा

धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।

अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी लगायत वितरण गरिएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलले जानकारी दिए । सो अवसरमा एमाले अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, निर्वाचन आयोग सदस्य मानवी तामाङ, प्रदेश कमिटी सदस्य नारायणकुमार आठपहरिया, जिल्ला कमिटीका सल्लाहकारहरू भेषराज कटेल, रमेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष कटेल लगायतले बिरामीलाई फलफूल प्रदान गरे ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, जिल्ला अस्पतालका प्रमुख डा.अमिताभ ठाकुर लगायतले पनि बिरामीलाई फलफूल वितरण गरेका थिए ।

यसैबीच, स्थापना दिवसकै अवसर पारेर धनकुटा नगरपालिका–७ मा प्रेस चौतारी जिल्ला कमिटी धनकुटाको कार्यालय पनि उद्घाटन गरिएको हो । प्रेस चौतारीका केन्द्रिय सदस्य रुचाल र जिल्ला अध्यक्ष कटेलले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा कार्यालय उद्घाटन गरे ।

सो अवसरमा बोल्दै केन्द्रिय सदस्य रुचाल, सल्लाहकारद्वय अधिकारी, कटेल लगायतले कार्यालय उद्घाटन गरेर प्रेस चौतारी धनकुटाले सङ्गठनलाई थप व्यवस्थित बनाउने काम गरेको भन्दै सफलताको शुभकामना दिए । प्रेस चौतारी, पत्रकारहरूको अग्रणी संगठन हो । धनकुटामा ५६ जना सञ्चारकर्मी प्रेस चौतारीमा आवद्ध छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]