०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

राज्यले ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्छ : लघुवित्त

Logo
संवाददाता जनचर्चा

२३ माघ, विराटनगर । ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने लघुवित्तका संचालक तथा व्यवस्थापकहरुले सरकारलाई आग्रह गरेका छन् । मंगलबार विराटनगरमा अयोजित आठ वटा वित्तीय संस्थाको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’मा उनीहरुले सो कुरा राखेका थिए ।

कार्यक्रममा अर्थशास्त्री डाक्टर भेषप्रसाद धमलाले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै महिला सशक्तीकरण पनि गरेको बताए । लघुवित्तले प्रवाह गरेको सानो सानो ऋणको सदुपयोग गर्नेहरूले आर्थिक प्रगति गरेको उनले बताए । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे । बैंकमा पहुँच नपुगेका गरिब तथा विपन्नको पहुँच लघुवित्तमा रहेको बताउँदै उनले कमीकमजोरी भए सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले विपन्न नागरिकको घरसम्म पुगेर काम गरिरहेको लघुवित्तलाई एउटा समूहले गलत सावित गर्न खोजिरहेको बताए । कोशी प्रदेश सांसद गयानन्द मण्डलले लघुवित्तलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले लघुवित्त संस्थालाई कम व्याजदरमा ऋण दिएर ग्राहक सदस्यलाई कम व्याजमा लगानी गर्ने बनाउनु पर्ने बताए । उनले लघुवित्त संस्थाले कृषि क्षत्रमा लगानीमा जोड दिनुपर्ने समेत बताए । कार्यक्रममा प्रदेश सांसद ललिताकुमारी चौधरीले लघुवित्तले ग्रामीण क्षेत्रमा महिला सशक्तीकरणसँगै स्वरोजगार पनि बनाएको बताइन् । लघुवित्तको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रमको अध्यक्षसमेत रहेका जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बजारमा फैलिएको ऋण मिनाहाको हल्लाले लघुवित्त संस्थाहरू प्रभावित भएको बताए । राज्यले ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]