१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

दल दर्ता नगराए नेकपाले उपनिर्वाचनमा भाग लिन नपाउने

दल दर्ता गराउन आयोगको आह्वान
Logo

काठमाडौं, भाद्र १६
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागी दल दर्ता गराउन आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै नयाँ दललाई दर्ता हुन आह्वान गरेको हो। दल दर्ताका लागी आयोगले भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा निर्वाचनमा सहभागी हुन चाहने दलले लेखा परीक्षण लगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन आयोगले भनेको छ ।
नेपालको संविधान अनुसार निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । आयोगका अनुसार, यस अघिको निर्वाचनमा सहभागी नभएका नयाँ दलले मात्र दर्ता गराउनु पर्ने छ । सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन ।
आयोगका अनुसार एमाले र माओवदादी मिलेर बनेको नेकपाले पनि नँया दल दर्ता गराउनु पर्ने हुन्छ । त्यस्तै दुई वा दुईभन्दा बढी पार्टि मिलि नँया पार्टि बनाएका सबैले दल दर्ता गराउनु पर्ने हुन्छ ।
०७४ मा निर्वाचनबाट तिनै तहमा जनप्रतिनिधि पाएपनि विविध कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थानहरू हाल रिक्त छन् । यदि कुनै कारणले जनप्रतिनिधि रक्त भए, त्यसँ ठाउमा उपनिर्वाचन गराउनु पर्ने संवैधानिक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]