१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

नाइस व्रियानी – परर्फेक्ट व्रियानी

विराटनगर ६ मा अवस्थित नाइस व्रियानीमा परर्फेक्ट व्रियानी पाइन्छ ।
Logo
निरज बस्नेत प्रकाशित बिहिबार, माघ २५, २०८०

विराटनगर, माघ २५

विराटनगर ६ मा अवस्थित नाइस व्रियानीमा परर्फेक्ट व्रियानी पाइन्छ । सो कुराको जानकारी यसका प्रमुख व्यवस्थापक राशिद कमालले दिएका छन् । विराटनगरमा राम्रो हाइजेनिक व्रियानीको अभाव भइरहेको बेलामा , कमालको वास्तवमै कमाल नैं व्रियानी रहेको छ ।

कतारको लोभलाग्दो , रहरलाग्दो जागिर त्यागेर कमाल विराटनगर आएको केही महिना मात्रै भएको छ । यहाँ आएर कमालले शुरु गरेको व्रियानी साँचो अर्थमा भन्दा नाइस छ । चिकेन आइटमलाई प्राथमिकतामा राखेर खोलिएको नाइस व्रियानीको प्रमुख पकवाननै परर्फेक्ट व्रियानीनै हो । यहाँ स्पेशल व्रियानी सस्तो सुलभ दरमा उपलब्ध रहेको कुरा कमाल बताउँछन् ।

कमालका अनुसार व्रियानी रु १२० मा पनि पाउँछ । व्रियानीमा प्रयोग गरिने सामानको शुद्दतामा कमालले कुनै संझौता गरेका छैनन् । नाफामुखी व्यवसाय भन्दा पनि सेवामुखी व्यवसायलाई कमालले उच्च प्राथमिकतामा राखेका छन् । कमालको भनाई अनुसार मैले पैसानै त कतारमा रहँदा यहाँभन्दा राम्रो कमाएकै थिएँ । तर, आफ्नो ठाउँमा , आफ्नो नेपाली जनताको सेवामा समर्पित हुनुको आनन्द यही नेपाली माटोमा छ ।

हो , यसै कारण आफुले विदेशको मोह त्यागेर स्वदेशमै केही गर्छु भनी नाइस व्रियानी खोलेको हुँ । नाइस व्रियानीमा चिकेन व्रियानीका अलावा , मटन व्रियानी , चिकेन वटर मसाला , चिकेन सेकुवा , चिकेन तन्दुरी , चिकेन सिक कवाब , चिकेन ललिपप , मासु चिउरा , बटर नान , किमा नान , चिकेन करी , मटन करी , फिश करी , मुग्लाई चिकेन , कराही चिकेन , चिकेन चिल्ली , लस्सी , मिल्क सेक , कोल्ड आइटमहरु , चिया नास्ता , लगायत अन्य धेरै स्वादिष्ट परिकारहरु पाइन्छन् । जानकारीको लागि भन्दा नाइस व्रियानी हाउस , विराटनगर ६ , सरौचियामा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे। बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका […]

विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्। म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का […]

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]