०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

गलत काम कहिले गरेकी छैन, भ्रम नफैलाउन आग्रह : बर्जु उपाध्यक्ष चौधरी

Logo
जनचर्चा संवाददाता

बर्जु, माघ २५
बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितु चौधरीले आफ्नो र गापा अध्यक्ष विचको सम्बन्ध सुमधुर रहेको बताएकी छिन् । केही समयअघि कुनै एक स्थानीय संचारमाध्यममा आएको अध्यक्ष र उपाध्यक्षविचको मनमुटावको विषयमा कुनै सत्यता नरहेको चौधरीले बताएकी छिन् ।

बिहिबार उपाध्यक्ष चौधरीले गापामा पत्रकारसँग भेटघाट गरी सो स्पष्टोक्ती दिएकी हुन् । आफ्ना श्रीमान मार्फत मनलाग्दी विकास निर्माणका काम गराएर बिल पेस गरेको भन्ने आरोपमा समेत कुनै सत्यता नभएको चौधरीले बताईन् । अनियमित ढंगले कर्मचारीलाई हाजिर गराउदा शिक्षा शाखामा आफुले तालाबन्दी गरेको विषयलाई भष्ट्राचारसँग जोडेर आफुलाई बदनाम गराउन खोजेको भन्दै उपाध्यक्ष चौधरीले आपत्ती समेत जनाईन् ।

आफ्नो श्रीमानले वडा नम्बर ६ को नहर, वडा नम्बर १ को वडा कार्यालय र बर्जु तालमा माटो पुरेको भन्दै ४० लाखको बिलको भुक्तानी माग्दै पेस गरेका विषयमा समेत कुनै सत्यता नभएको उपाध्यक्ष चौधरीले ठोकुवा गरिन् । त्यस्तै अर्का प्रदिप चौधरीमार्फत वडा नम्बर ३ मा बाटो ढलाई गरेको भन्दै दशलाखको भुक्तानी माग्दै बिल पेस गरेका भन्ने कुरा पनि झुटो भएको उनले बताईन् ।
गापा अध्यक्ष जिवछ कुमार रायले समेत विज्ञप्ती जारी गरी अपूष्ट समाचार सम्प्रेषण नगर्न भन्दै संचारमाध्यमलाई अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]