१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

सिंहदरबारमा चोर पस्यो !

दुई मोटरसाईकल चोरी, पुलिसले पक्रन सकेन चोर
Logo
प्रकाशित मंगलबार, भाद्र १७, २०७६

काठमाडौं, भाद्र १७
सिंहदरबार भित्रैबाट चोरले २ वटा मोटरसाइकल चोरी गरेको खुलासा भएको छ । चोरले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल चोरेको हो ।
बा२ब ८३०२ नम्बरको सरकारी र ज९प ५९३९ नम्बरको निजी मोटरसाइकल चोरी भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । चोरी भएकोमध्ये सरकारी मोटरसाइकल ऊर्जा मन्त्रालयकै इन्जिनियर दिनेश श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।
उक्त घटना गत बिहिवारको हो । प्राप्त जानकारी अनुसार त्यस दिन एक घण्टाको फरकमा दुईवटै बाइक चोरी भएको थियो । सरकारी बाइक ३ः३० बजे र निजी ४ः३० बजे चोरी भएको सीसी टीभी फुटेजबाट देखिएको छ । भिडियोमा दुवै मोटरसाईकल चोरी गर्ने मान्छेले एउटै रंगको कपडा लगाएले चोर एउटै मान्छे हुनुपर्ने अनुमान गरिएको छ । चोरलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।
प्रधान,गृह लगाएत मुलुककै दुई दर्जनभन्दा बढी मन्त्रालय भएको सिंहदरवार परिसरबाटै चोरी हुदा मुलुकको सुरक्षा व्यवस्थामाथि अहिले ठुलो प्रश्न चिन्ह खडा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।   […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]