०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सिंहदरबारमा चोर पस्यो !

दुई मोटरसाईकल चोरी, पुलिसले पक्रन सकेन चोर
Logo

काठमाडौं, भाद्र १७
सिंहदरबार भित्रैबाट चोरले २ वटा मोटरसाइकल चोरी गरेको खुलासा भएको छ । चोरले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल चोरेको हो ।
बा२ब ८३०२ नम्बरको सरकारी र ज९प ५९३९ नम्बरको निजी मोटरसाइकल चोरी भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । चोरी भएकोमध्ये सरकारी मोटरसाइकल ऊर्जा मन्त्रालयकै इन्जिनियर दिनेश श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।
उक्त घटना गत बिहिवारको हो । प्राप्त जानकारी अनुसार त्यस दिन एक घण्टाको फरकमा दुईवटै बाइक चोरी भएको थियो । सरकारी बाइक ३ः३० बजे र निजी ४ः३० बजे चोरी भएको सीसी टीभी फुटेजबाट देखिएको छ । भिडियोमा दुवै मोटरसाईकल चोरी गर्ने मान्छेले एउटै रंगको कपडा लगाएले चोर एउटै मान्छे हुनुपर्ने अनुमान गरिएको छ । चोरलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।
प्रधान,गृह लगाएत मुलुककै दुई दर्जनभन्दा बढी मन्त्रालय भएको सिंहदरवार परिसरबाटै चोरी हुदा मुलुकको सुरक्षा व्यवस्थामाथि अहिले ठुलो प्रश्न चिन्ह खडा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]