०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

इटहरी यातायातमा मन्त्री राईकाे छड्के

कर्मचारीसँगकाे मिलेमत्ताेमा २२ हजारसम्म बिचाैलियाले लिने गरेकाे भेटियाे
Logo
निरज बस्नेत

विराटनगर, माघ २८ । आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सुनसरीको इटहरीस्थित यातायात व्यवस्था  कार्यालय तथा माताहातकाे ट्रायल सेन्टरमा छड्के चेकजाँच गरेका छन् । ट्रयाल तथा यातायातकाे कागजी काममा सेवाग्राहीबाट बिचाैलिया तथा कर्मचारीले घुस लिने गरेकाे गुनासाे आएपछी मन्त्री राई स्यवम् छेड्के जाँचमा पुगेका हुन् ।

मन्त्री राई हाफ भेष्ट, हाफ ज्याकेट कालो चस्मा र मास्क लगाएर सुन्दरहरैचाको दुलारीमा रहेको यातायातको ट्रायल सेन्टरमा समेत सेवाग्राहीको रूपमा पुगेका थिए । त्यहाँ उनले लाईसन्स बनाउनकाे लागी २२ हजारसम्म बिचाैलियाले लिने गरेकाे  पाए । पासफेल ठाउँको ठाउँ गर्नुपर्ने व्यवस्था रहेपनि त्यहाँ कर्मचारीले पछि मात्र फेल वा पास बताउने गरेकाेले  कर्मचारीपनि बिचाैलियासँग मिलेकाे पाईएकाे छ। छड्के अनुगमनकाे क्रममै धेरै सेवाग्राहीले यातायातमा घुस नदिई काम नहुने मन्त्री समक्ष गुनासाे गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]