२६ जेठ २०८२, आइतबार
08-06-2025 , Sun
Gold Silver Price (21 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 193700
Silver 1 Tola Nrs. 2090

मदिरा बनाउने ४ सय बढी नेपाली साउदीकाे जेलमा

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, माघ २९, २०८०

काठमाडौं,२९ माघ। साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्। रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्यांक छ। बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूताबासका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

ती अधिकारीका अनुसार हाल रक्सी बनाएको र ख्वाएको आरोपमा ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन्। तर वास्तविक संख्या त्योभन्दा पनि धेरै हुनसक्ने आंकलन गरिएको छ । साउदीमा मदिरा उत्पादन, बिक्रि-वितरण र सेवन गर्न समेत कानुनले पुर्णरुपमा बर्जित गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा […]

काठमाडौँ, २३ जेठ ।  सुनचाँदी व्यवसायी तथा कालिगढहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने भएपछि फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी यहि जेठ २५ गते […]

काठमाडौँ, २३ जेठ । । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न लचक भएको देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट र भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने तयारी भएको बताउँदै सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान […]