१९ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

पथरीशनिश्चरेको बाल कल्याण माविका विद्यार्थी र अभिभावक आन्दोलित

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, फाल्गुण ०९, २०८०

विराटनगर, ९ फागुन । मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् ।
व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउु पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहरुले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिककरण बन्द गर जस्ता नाराबाजी समेत गरेका छन् ।
मंगलबारदेखि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको स्थानीय अभिभावक लेखनाल लुइँटेलले बताए । ‘हामीले हाजिरी परीक्षण गर्दा शिक्षक र विद्यार्थीहरुको उपस्थिति नै भएन,’ त्यसपछि हामीले विरोधका कार्यक्रम सुरु गरेका हौं ।
आफूहरुले अभिभावक र विद्यालयका प्रधानाध्यापक रोहिणी घिमिरेसँग कुरा गर्दा पनि आफूहरुका मागबारे सुनुवाई नभएको कारण विद्यार्थीसहित आन्दोलनमा जानुपरेको उनले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्दा राजनीतिक भागबण्डा गर्न खोजेको पनि उनले आरोप लगाए । ‘विद्यालय लथालिङ्ग अवस्थामा छ । हिसाव किताब पारदर्शी छैन । यसको न्यायिक निकायबाट आवश्यक छानविन हुनुपर्छ,’ लुइँटेलले भने, ‘विद्यार्थीलाई दिवा खाजा पनि दिइएको छैन । विज्ञान र गणितको शिक्षक नियुक्ति पनि गरेको छैन । बिना शिक्षक विद्यालय कसरी चल्छ ? ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]