१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

फरार प्रतिवादी विराटनगरका सहनी पक्राउ

Logo
संवाददाता जनचर्चा

बिराटनगर, फागुन ०९ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्धामा  मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार रहेका बिराटनगर- ६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित जिल्ला आदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]