१५ साउन २०८२, बुधबार
30-07-2025 , Wed
Gold Silver Price (11 shrawan 2082, Sun)
Fine Gold 1 Tola NRs. 194100
Silver 1 Tola Nrs. 2305

सुन्दरहरैंचा नगर कमिटी गठन

एकीकृत राष्ट्रिय संघर्ष समिति सुन्दरहरैंचा नगर कमिटी गठन भएको छ ।
Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, फाल्गुण १३, २०८०

सुन्दरहरैंचा, फागुन १३
एकीकृत राष्ट्रिय संघर्ष समिति सुन्दरहरैंचा नगर कमिटी गठन भएको छ । सो कुराको जानकारी एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका वरिष्ठ सचिव पुष्पराज दाहाल दिएका छन् । दाहालका अनुसार , सुन्दरहरैंचा नगर अध्यक्षमा धीरेन कार्की चयन भएका छन् ।

उपाध्यक्षमा संतोष पोखरेल , कोषध्यक्षमा कमल पौडेल , सचिवमा मोहन विक्रम मल्ल , सहसचिवमा सुवास कार्की चुनिएका छन् । त्यस्तैगरी सदस्यहरुमा , संतोष खड्का , कुमार देउजा , प्रताप राई , राम प्रसाद आचार्य , अम्वर बहादुर कटुवाल , सन्जिव लम्साल लगायतहरु सर्वसम्मत भएको कुरा दाहाल बताउँछन् ।

कार्यक्रमका प्रमुख अतिथि एकीकृत राष्ट्रिय संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष दिनेश राउत , विशिष्ठ अतिथिमा वरिष्ठ सचिव पुष्पराज दाहाल , अतिथिमा सहसचिव सन्दिप घिमिरे , लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व नगर अध्यक्ष धीरेन कार्कीले गरेका थिँए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१३ साउन । विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्। नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय […]

विराटनगर, ११ साउन ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट […]

सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्। करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत […]