०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा भ्याट लुकाएर कारोबार

नक्कली बिलको प्रयोग पनि बढ्यो
Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन १४
विराटनगरका उद्योगी तथा व्यवसायीहरुले विभिन्न तारिकाले राजस्व छल्ने गरेको पाईएको छ । विशेषगरी वस्तु बिक्रि गर्दा भ्याट बिलको सट्टा ईस्टिमेट तथा सादा विल दिएर उनीहरुले राजस्व छल्ने गरेको पाईएको छ । कतिपय व्यवसायीहरुले विक्रि मुल्यभन्दा धेरै कमको विल दिएर राजस्व छल्ने गरेको प्रमाणहरु पनि फेला परेका छन् ।

केही व्यापारीहरुले पछिल्लो समय भ्याटविल समेत नक्कली दिने गरेको पाईएको छ । विशेषगरी खुद्रा उपभोक्ताहरुले भ्याट क्लेम नगर्ने हुनाले विक्रेताले एउटै नम्बरको दुईवटा विल वा फर्जि विल बनाएर राजस्व छल्ने गरेको पाईएको हो । कतिपय व्यापारीहरुले भ्याट र प्यान दुवैमा फर्मदर्ता गरी अधिकतम विलहरु प्यानविल मार्फत कटाउने समेत गरेका छन् । राजस्व विभागका अनुसार हाल विराटनगरको १ सय २६ वटा फर्महरुमा नक्कली बिलसम्बन्धि जाचबुझ भईरहेको छ ।

यस्ता सादा तथा फर्जी विल प्रयोग गर्नेहरूले राजस्वमा विवरण पनि गलत पेश गर्ने गरेका छन् । फर्जी विवरणका कारण घटेको स्टकलाई मिलाउन उनीहरुले भुक्तानी बुझेभन्दा कम रकममा बिल दिने गरेको पाईएको छ । यस्तो फिर्जी विवरण मिलाउनसमेत उनीहरुले भित्रीया  लेखापाल समेत राखेका हुन्छन्, भित्रियाले सबै हिसाबकिताब मिलाएपछि मात्र अन्तिम परिक्षणका लागी व्यापारीहरुले विवरणहरु अडिट फर्ममा पठाउने गरेका छन् ।
यस्ता फर्जी काम गर्ने व्यवसायीहरुलाई राज्यको निकायले पहिचान गरी कारवाही गर्ने जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]