०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

नेपाली गीतकार भक्तराज आचार्य र भारतीय गायक पंकज उदासको निधन

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १५ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो ।

उनका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, लगायत गीतहरु निकै चर्चित छन्।

२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि  उनले स्वर गुमाएका थिए   । त्यसयता उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

यस्तै भारतीय गायक पंकज उदासको मृत्यु भएको छ। सोमबार ७२ वर्षको उमेरमा उनको मृत्यु भएको हो। मृत्युको खबर उनका छोरा नायबले सामाजिक सञ्जालमार्फत दिएका हुन्। पंकज लामो समयदेखि बिरामी थिए।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे उनको निधन भएको हो। उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो। उनी आफ्नो तीन भाइमध्ये कान्छा थिए। उनलाई सानै उमेरदेखि गायनमा रूचि थियो।

उनले सन् १९८० मा ‘आहत’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]