२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

५० कराेडकाे धिताेमा सवा २ अर्ब ऋण प्रवाह

बैंककाे तत्कालीन सिईओसहित १० जना पक्राउ
Logo
निरज बस्नेत

१५ फागुन, काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा सवा दुई अर्ब कर्जा प्रवाह गरेकाे ठहरसहित म‌ंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।

साविकको सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत् कर्मचारीहरु पक्राउ परेका हुन् । मर्जरपछि प्रभु बैंकमा डेपुटी सीईओ रहेका न्यौपानेसहित बैंकका पूर्वसीईओ तुलसीराम गौतमलाई पनि सीआईबीले पक्राउ गरेकाे छ । उनीहरुसँगै पक्राउ पर्नेमा  प्रभु बैंकमा कार्यरत् कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी रहेका छन् । अन्यकाे नाम खाेलाएकाे छैन ।

बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई ५० कराेडकाे धिताेमा  सवा २ अर्बको कर्जा प्रवाह गरेकाे सीआईबीकाे प्रारम्भिक छानबिनमा देखिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएकाे छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]