११ फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
Gold Silver Price (10 falgun 2082, SUN)
Fine Gold 1 Tola NRs. 310800
Silver 1 Tola Nrs. 5440

लैङिगक समानता ल्याउन मोरङमा नेता र जनप्रतिनिधिकाे प्रतिबद्धता

Logo
जनचर्चा संवाददाता

विराटनगर, २३ मंसिर । मोरङका राजनैतिक दलका नेता , पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।
दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।
एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखी दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिनसकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।
माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको २०७२ को संबिधानले महिलालाई अधिकार दिएपनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको हो भने । उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको र रहिरहने बताए ।
नेपाली काँग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्नसक्छन भन्ने प्रशसक्त्त उदाहरण भैसकेकालेउनीहरुलाई घर दल दुवैमा अवसर दिन आफुहरु तयार रहेका छौ भने । जनता समाजबादी पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्व दिन सबै राजनैतिक दलहरुहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हक अधिकारका लागि लडनुपर्नेमा जोड दिए । सुन्दरहरैचा नगरपालिका प्रम्ख केदारप्रसाद गुरागाईले पनि राजनैतिक दलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने बताए ।
बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुले ‘ सक्दिन ’ भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु ’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफल हुने विश्वास व्यक्त्त गरे ।
रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्ष ागर्ने चलन कायमै रहेको बताइन ।
केरावारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व सक्छन भन्ने उदाहरण आफु नै भएको प्रस्ट पारिन । उनका अनुसार पहिले वडा सदस्य रहेकी उनी हाल उपप्रम्खमा निर्वाचित हुन सफल भएकी हुन ।
रंगेली नगरपालिका प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपानेले कागजी शब्दावलीमै सिमित राखिरहँदा व्यवहारमा लैङिगक समानता आउन नसकेको बताए । उनले बजेट र नीति बनाउने मात्र नभै व्यवहारमा कार्यान्वयन गराउन सकेमात्र महिलाहरुले नेतृत्व प्राप्त गर्नसक्ने बताए । अधिवक्त्ता दिनेश घलेले सबै कुरा राजनीतिलाई मात्रै छाडेर परनिर्भर हुनखोज्दा समाजमा लैङिगक समानता आउन नसकोको हो भने । उनले समाजमा राजनीति जस्तै समाजिक , भाषिक , साँस्कृतिक आदि नीतिहरु पनि समान रुपमा लागु हुन सकेमात्र लैङिगक समानता आउने बताए । समाजमा अझै पित्तसत्ताको दबदबा कायमै रहेकोले समाजमा लैङिगक समानता प्राप्ती चुनौती बनिरहेको प्रस्टयाए ।
ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छेदारले पार्टीका नेताहरुको निगाहामा छाडिदिदा सक्षम महिलाहरुले पनि निर्वाचनमा टिकट पाउन नसकेको बताए । उनले लैङिगक समानता भनेर हैन व्यवहारमा गरेर देखाउनुपनैमा जोड दिए ।
केरावारी गाउँपालिका पुर्व उपाध्यक्ष शान्ति लिम्बुले महिलाहरुले पनि आफनो हक डडेर खोज्न नसक्दा नेतृत्वको अवसरबाट बन्चित हुनुपरेको बताईन । ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणवती धामीले कसैले पनि लैङिगक विभेदको अधारमा काम विभाजन गर्ने चलन अन्त गर्नुपर्नेमा जोड दिइन । उनले टोलदेखी केन्द्रिय कमिटीसम्म महिलाहरुलाई राजनैतिक दलहरुले समान सहभागीता दिनुपर्नेमा जोड दिइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १० फागुन । आइतबार नेपालको बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ […]

रौतहट, १० फागुन । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा जारी कर्फ्युलाई निरन्तरता दिएको छ। आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो पारिए पनि त्यसपछि पुनः लागू गरिएको हो। जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना जारी नहुञ्जेलसम्म कर्फ्यु कायम रहने जानकारी दिएका छन्। जिल्ला […]

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]