१६ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
Gold Silver Price (11 shrawan 2082, Sun)
Fine Gold 1 Tola NRs. 194100
Silver 1 Tola Nrs. 2305

लैङिगक समानता ल्याउन मोरङमा नेता र जनप्रतिनिधिकाे प्रतिबद्धता

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

विराटनगर, २३ मंसिर । मोरङका राजनैतिक दलका नेता , पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।
दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।
एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखी दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिनसकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।
माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको २०७२ को संबिधानले महिलालाई अधिकार दिएपनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको हो भने । उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको र रहिरहने बताए ।
नेपाली काँग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्नसक्छन भन्ने प्रशसक्त्त उदाहरण भैसकेकालेउनीहरुलाई घर दल दुवैमा अवसर दिन आफुहरु तयार रहेका छौ भने । जनता समाजबादी पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्व दिन सबै राजनैतिक दलहरुहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हक अधिकारका लागि लडनुपर्नेमा जोड दिए । सुन्दरहरैचा नगरपालिका प्रम्ख केदारप्रसाद गुरागाईले पनि राजनैतिक दलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने बताए ।
बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुले ‘ सक्दिन ’ भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु ’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफल हुने विश्वास व्यक्त्त गरे ।
रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्ष ागर्ने चलन कायमै रहेको बताइन ।
केरावारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व सक्छन भन्ने उदाहरण आफु नै भएको प्रस्ट पारिन । उनका अनुसार पहिले वडा सदस्य रहेकी उनी हाल उपप्रम्खमा निर्वाचित हुन सफल भएकी हुन ।
रंगेली नगरपालिका प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपानेले कागजी शब्दावलीमै सिमित राखिरहँदा व्यवहारमा लैङिगक समानता आउन नसकेको बताए । उनले बजेट र नीति बनाउने मात्र नभै व्यवहारमा कार्यान्वयन गराउन सकेमात्र महिलाहरुले नेतृत्व प्राप्त गर्नसक्ने बताए । अधिवक्त्ता दिनेश घलेले सबै कुरा राजनीतिलाई मात्रै छाडेर परनिर्भर हुनखोज्दा समाजमा लैङिगक समानता आउन नसकोको हो भने । उनले समाजमा राजनीति जस्तै समाजिक , भाषिक , साँस्कृतिक आदि नीतिहरु पनि समान रुपमा लागु हुन सकेमात्र लैङिगक समानता आउने बताए । समाजमा अझै पित्तसत्ताको दबदबा कायमै रहेकोले समाजमा लैङिगक समानता प्राप्ती चुनौती बनिरहेको प्रस्टयाए ।
ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छेदारले पार्टीका नेताहरुको निगाहामा छाडिदिदा सक्षम महिलाहरुले पनि निर्वाचनमा टिकट पाउन नसकेको बताए । उनले लैङिगक समानता भनेर हैन व्यवहारमा गरेर देखाउनुपनैमा जोड दिए ।
केरावारी गाउँपालिका पुर्व उपाध्यक्ष शान्ति लिम्बुले महिलाहरुले पनि आफनो हक डडेर खोज्न नसक्दा नेतृत्वको अवसरबाट बन्चित हुनुपरेको बताईन । ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणवती धामीले कसैले पनि लैङिगक विभेदको अधारमा काम विभाजन गर्ने चलन अन्त गर्नुपर्नेमा जोड दिइन । उनले टोलदेखी केन्द्रिय कमिटीसम्म महिलाहरुलाई राजनैतिक दलहरुले समान सहभागीता दिनुपर्नेमा जोड दिइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१३ साउन । विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्। नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय […]

विराटनगर, ११ साउन ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट […]

सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्। करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत […]