२१ भाद्र २०८२, शनिबार
06-09-2025 , Sat
Gold Silver Price (19 Bhadra 2082, Thrusday)
Fine Gold 1 Tola NRs. 208400
Silver 1 Tola Nrs. 2495

धर्मकाे बाटाे पछ्याउँदै पूर्व युवराज पारस शाह

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, फाल्गुण ३०, २०८०

विराटनगर, ३० फाल्गुन / पूर्व युवराज पारस शाह  कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् ।

उनी सोमबार राती धनगढी पुगेका हुन् । सोमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् ।

शाह मन्दिरमा आफ्ना केही समर्थकका साथ पुगेका छन् । झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह अहिले धनगढीस्थित रुवस होटेलमा बसिरहेका छन् ।

शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रवीन्द्र कार्कीले बताए । उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, २० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले पत्र लेखेको हो। सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

विराटनगर,१९ भदौ ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रस्टीकरण दिएका छन् ।बुधवार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रस्टीकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी […]