१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अधिकारीको नेतृत्वमा नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन

Logo
जनचर्चा संवाददाता

विराटनगर, ३ चैत्र / २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो ।

२००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर, लता खरेल (झापा) महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनले कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुंगाना (झापा), पूजा बहार (सुनसरी) मनु विश्वकर्मा (धनकुटा), डा. भेषराज खनाल (ओखलढुंगा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (संखुवासभा) लाई सदस्यमा सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिए ।

प्रदेश समितिले केन्द्रसित समन्वय गरेर जिल्ला समितिलाई चलायमान बनाउनेछ । अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठ, सहअध्यक्ष रत्नमणि नेपाल, महासचिव मनोज न्यौपाने, केन्द्रीय सदस्य निर्मला कोइराला , प्रदेश अधिवेशन आयोजक समितिका संयोजक प्राज्ञ विवश पोखरेल, निर्वाचन समितिका सदस्य डा. विमला श्रेष्ठ, प्राध्यापक गंगाधर कट्टेललगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]