१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

भोजपुरमा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, चैत्र ०४, २०८०

भोजपुर,४ चैत्र । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो ।

मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको खापुङले बताए । आगलागीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेरो दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले एक दिन शोक नै मनाउँदै सार्वजनिक बिदा दियो । तर, त्यसको तीन दिनपछि हतुवागढीमै पुन: तीन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]

विराटनगर,१७ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श […]

काठमाडौ १२ जेष्ठ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् ।