२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

इटहरीका सबै विद्यालयमा समान पोशाक लागु हुने पक्षमा अदालतको फैसला

Logo
जनचर्चा संवाददाता

विराटनगर,८ चैत्र । इटहरी उपमहानगरले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने भएको छ।  उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो।

उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोशाक अनिवार्य गर्ने, निजी विद्यालयहरूले शैक्षिक सामग्री किनबेच गर्न नपाउने, भर्ना शुल्क एक पटकभन्दा बढी लिन नपाउने निर्णय गरेको थियो।

इटहरीको उक्त निर्णयविरूद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुनसरीले उच्च अदालतमा रिट दायर गरेको थियो। बुधबार न्यायाधीशहरू विपुल न्यौपाने र कृपासुर कार्कीको इजलासले प्याब्सनको माग अनुसार इटहरीको निर्णयविरूद्ध अन्तरिम आदेश दिन नपर्ने आदेश सुनाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]