१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सेलो तेलको फेक भिडियो बनाउनेविरुद्ध प्रहरीमा उजुर

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत ९
फेक भिडियो बनाएर आफ्नो उत्पादनलाई बदनाम गराउन खोजेका भन्दै सेलो तेलको उत्पादक बागमती आयल ईण्डसट्रिजले प्रहरीमा उजुर दिएको छ ।
सेलो ब्राण्डको सुर्यमुखी तेलमा कैफियत भेटिएको भन्दै मंगलबार एक फेसबुक पेजले भिडियो पोष्ट गरेको थियो । जुन भिडियोमा एउटा कन्ती देखाईएको छ, त्यो कन्तीमा लस्साजस्तो पदार्थ टाँसिएको छ र एक व्यक्तिले सेलो तेलको खाली खोल देखाँउदै सो लस्सा जस्तो पदार्थ सेलो तेल भएको लाञ्छना लगाईरहेका छन् । सो भिडियोलाई अन्य थुप्रै युजर तथा पेजहरुले डाउनलोड गरी पोष्ट र सेयर गरिरहेका छन् । अहिले सो भिडियो फेसबुकमा भाईरल छ ।

यता उद्योग संचालकले भने भिडियो सत प्रतिशत फेक भएको ठोकुवा गर्दै प्रहरीको साईबर सेलमा उजुर दिएका छन् । फेक भिडियो बनाउने र नियतबस सेयर गरी कम्पनीलाई बदनाम गराउनेहरुको उपर कारबाहीको माग गर्दै साईबर सेलमा उद्योगका संचालकले उजुर दिएका हुन् । केही अनाधिकृत पेजहरुले भ्युज र डलर कमाउनका लागी मात्र बिना कुनै अनुसन्धान सेलो तेलविरुद्ध भिडियो बनाएकोमा समेत कम्पनीले आपत्ति जनाएको छ । उद्योगका प्रबन्धक भन्छन् “एक पोका तेलमा कैफियत हुँदा त्यस लटको सबै तेलमा समस्या देखिनु पर्ने हो, तर त्यस्तो भएको छैन ।” लटको हजारौ पोका तेलमाध्ये एक पोका तेलमा मात्र कैफियत भेटिनु शंकास्पद भएको उनको बुझाई छ ।

यस विषयमा रसायनज्ञहरुले समेत तेललाई तताएर लस्सा बनाउन नसकिने प्रतिक्रिया दिएका छन् । अझ सर्यूमुखी तेलजस्तो हाईटेम्प्रेचरमा प्रोसेस गरिएको तेललाई भन्सामा तताएर सजिलै लस्सा बनाउन नसकिने रसायनज्ञ बताउँछन् । भिडियोमा देखाईएजस्तो कैफियतको आधारहरु नभेटिएपछि ब्राण्डलाई बदनाम गराउने नियतले कुनै समुहले सो प्रपंच रचेको हुनसक्ने उद्योग संचालकको आशंका छ ।
उद्योगले आफ्नो ग्राहकलाई फेक भिडियो हेरेर भ्रममा नपर्न भन्दै बागमित आयलको उत्पादन निर्धक्क भएर सेवन गर्न आग्रह गरेका छन् । बागमतीका उत्पादनमा कुनै पनि कैफियत भेटिए त्यसको शतप्रतिशत जिम्मेवारी कम्पनीले लिने भन्दै उपभोक्तालाई ढुक्क हुन भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]