१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सेलो तेलको फेक भिडियो बनाउनेविरुद्ध प्रहरीमा उजुर

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत ९
फेक भिडियो बनाएर आफ्नो उत्पादनलाई बदनाम गराउन खोजेका भन्दै सेलो तेलको उत्पादक बागमती आयल ईण्डसट्रिजले प्रहरीमा उजुर दिएको छ ।
सेलो ब्राण्डको सुर्यमुखी तेलमा कैफियत भेटिएको भन्दै मंगलबार एक फेसबुक पेजले भिडियो पोष्ट गरेको थियो । जुन भिडियोमा एउटा कन्ती देखाईएको छ, त्यो कन्तीमा लस्साजस्तो पदार्थ टाँसिएको छ र एक व्यक्तिले सेलो तेलको खाली खोल देखाँउदै सो लस्सा जस्तो पदार्थ सेलो तेल भएको लाञ्छना लगाईरहेका छन् । सो भिडियोलाई अन्य थुप्रै युजर तथा पेजहरुले डाउनलोड गरी पोष्ट र सेयर गरिरहेका छन् । अहिले सो भिडियो फेसबुकमा भाईरल छ ।

यता उद्योग संचालकले भने भिडियो सत प्रतिशत फेक भएको ठोकुवा गर्दै प्रहरीको साईबर सेलमा उजुर दिएका छन् । फेक भिडियो बनाउने र नियतबस सेयर गरी कम्पनीलाई बदनाम गराउनेहरुको उपर कारबाहीको माग गर्दै साईबर सेलमा उद्योगका संचालकले उजुर दिएका हुन् । केही अनाधिकृत पेजहरुले भ्युज र डलर कमाउनका लागी मात्र बिना कुनै अनुसन्धान सेलो तेलविरुद्ध भिडियो बनाएकोमा समेत कम्पनीले आपत्ति जनाएको छ । उद्योगका प्रबन्धक भन्छन् “एक पोका तेलमा कैफियत हुँदा त्यस लटको सबै तेलमा समस्या देखिनु पर्ने हो, तर त्यस्तो भएको छैन ।” लटको हजारौ पोका तेलमाध्ये एक पोका तेलमा मात्र कैफियत भेटिनु शंकास्पद भएको उनको बुझाई छ ।

यस विषयमा रसायनज्ञहरुले समेत तेललाई तताएर लस्सा बनाउन नसकिने प्रतिक्रिया दिएका छन् । अझ सर्यूमुखी तेलजस्तो हाईटेम्प्रेचरमा प्रोसेस गरिएको तेललाई भन्सामा तताएर सजिलै लस्सा बनाउन नसकिने रसायनज्ञ बताउँछन् । भिडियोमा देखाईएजस्तो कैफियतको आधारहरु नभेटिएपछि ब्राण्डलाई बदनाम गराउने नियतले कुनै समुहले सो प्रपंच रचेको हुनसक्ने उद्योग संचालकको आशंका छ ।
उद्योगले आफ्नो ग्राहकलाई फेक भिडियो हेरेर भ्रममा नपर्न भन्दै बागमित आयलको उत्पादन निर्धक्क भएर सेवन गर्न आग्रह गरेका छन् । बागमतीका उत्पादनमा कुनै पनि कैफियत भेटिए त्यसको शतप्रतिशत जिम्मेवारी कम्पनीले लिने भन्दै उपभोक्तालाई ढुक्क हुन भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]