११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

पुनः प्रर्दशनकाे तयारीमा फिल्म ‘नालापानी’

इतिहास, राष्ट्रप्रेम र पुर्खाहरूको वलिदानी झल्काउने साे चलचित्र दर्शककाे माग अनुसार पुनः प्रर्दशनमा आउन लागेकाे हाे
Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, चैत्र १३, २०८०

विराटनगर,१३ चैत ।  ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रर्दशनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नैपर्ने दर्शकहरूको सुझावअनुसार २०८१ साउन १८ गते चलचित्र ‘नालापानी’ पुनः प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिए ।

चलचित्रमा इतिहासका जानकारले सबैभन्दा लामो र कठिन युद्धको नाम दिएको नालापानी युद्धको कथा समेटिएको छ । यो नेपाली र अंग्रेजबीच भएको लडाइँमा नेपालीले देखाएको वीरताको गाथामा आधारित चलचित्र हो ।

नालापानीको युद्धमा योद्धा बलभद्र कुँवरको नेतृत्वले लडाइँ जितेको थियो । १३ दिन भएको यो युद्धमा ७ दिन घनघोर लडाइँ भएको थियो जसमा बलभद्र कुँवरले पनि वीरगति प्राप्त गरेका थिए ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतको अभिनय  छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]