२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगरकाे याेगिज रेष्टुरेण्टमा बज्दैन विदेशी गाना

Logo
निरज बस्नेत र दिनेश खड्का

विराटनगर वैशाख १२ । विराटनगरकाे याेगिज रेष्टुरेण्टमा हिन्दि, इ‌ंग्लिस लगाएत सम्पुर्ण विदेशी गाना निषेध गरिएकाे छ । याे रेष्टुरेण्टले आफ्नाे हाताभित्र  शुद्ध नेपाली गाना मात्र बजाउने गरेकाे छ। रेष्टुरेण्टका संचालक याेगी  प्रताप सिंह आफैपनि नेपाली गानाका पारखी हुन् । विराटनगरकाे एयरपाेर्ट राेडमा रहकाे साे रेष्टुरेण्टमा शुक्रबार र शनिबार लाईभ म्युजिक समेत आयाेजना हुने गरेकाे छ । लाईभ म्युजिकमा पनि विशुद्ध नेपाली गाना मात्र साे रेष्टुरेण्टले प्रस्तुत गराउँछ । अन्य दिन साउण्ड स्पिकरबाट बजाईने गाना पनि नेपाली मात्र हुन्छ।

संचालक याेगी सिंह संगित प्रेमी हुन् । उनी नेपाली रक गितहरु संरक्षण र प्रवर्द्धन गर्ने अभियानमा छन् । उनी भन्छन् “नेपाली संगितमा आज भाेली रक कल्चर करिब करिब ठप्प नै भइसक्याे, भएकाे पुरानाे रक गितहरुलाई पनि संरक्षण गर्नसकिएकाे छैन ।”  उनले थपे “मैले आफ्नाे व्यवसायकाे माध्यमबाट रक कल्चरलाई नेपाली रक कल्चरलाई प्रवर्द्धन गर्न खाेजीरहेकाे छु ।”

गितका अलाभा यँहाका खानेकुराहरु पनि एकदमै स्वादिष्ट छन् । याेगिजमा भेज ननभेज दुवै परिकार पाईन्छ । यहाँ चिया, कफि, फ्राईज, राेल, म: म:, चाउमिन, थुप्पा, ससेज, खाजा सेट, चिल्लीका परिकार, फ्राई सेकुवा, सुकुटी आदी पाउँदछ । साथै हार्ड र सफ्ट दुवै खाले पेय पदार्थ यस रेष्टुरेण्टमा राखिएकाे छ । याेगिजमा चियाकाे रु ३० र कफीकाे मात्र रु ५० पर्दछ । अन्य खानेकुराकाे मुल्यमा पनि यहाँ निकैनै शुलभ छ । मुख्य बजारकाे ग्राहकलाई मध्यनजरगरी याेगिजले आर्काे शाखा विराटनगरकाे ट्राफिक चाैककाे पुर्व गल्ली समेत खाेलिसकेकाे छ। यहाँ पनि परिकारकाे मुल्य शुलभ राखिएकाे छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]