२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरकाे याेगिज रेष्टुरेण्टमा बज्दैन विदेशी गाना

Logo
निरज बस्नेत र दिनेश खड्का प्रकाशित बुधबार, बैशाख १२, २०८१

विराटनगर वैशाख १२ । विराटनगरकाे याेगिज रेष्टुरेण्टमा हिन्दि, इ‌ंग्लिस लगाएत सम्पुर्ण विदेशी गाना निषेध गरिएकाे छ । याे रेष्टुरेण्टले आफ्नाे हाताभित्र  शुद्ध नेपाली गाना मात्र बजाउने गरेकाे छ। रेष्टुरेण्टका संचालक याेगी  प्रताप सिंह आफैपनि नेपाली गानाका पारखी हुन् । विराटनगरकाे एयरपाेर्ट राेडमा रहकाे साे रेष्टुरेण्टमा शुक्रबार र शनिबार लाईभ म्युजिक समेत आयाेजना हुने गरेकाे छ । लाईभ म्युजिकमा पनि विशुद्ध नेपाली गाना मात्र साे रेष्टुरेण्टले प्रस्तुत गराउँछ । अन्य दिन साउण्ड स्पिकरबाट बजाईने गाना पनि नेपाली मात्र हुन्छ।

संचालक याेगी सिंह संगित प्रेमी हुन् । उनी नेपाली रक गितहरु संरक्षण र प्रवर्द्धन गर्ने अभियानमा छन् । उनी भन्छन् “नेपाली संगितमा आज भाेली रक कल्चर करिब करिब ठप्प नै भइसक्याे, भएकाे पुरानाे रक गितहरुलाई पनि संरक्षण गर्नसकिएकाे छैन ।”  उनले थपे “मैले आफ्नाे व्यवसायकाे माध्यमबाट रक कल्चरलाई नेपाली रक कल्चरलाई प्रवर्द्धन गर्न खाेजीरहेकाे छु ।”

गितका अलाभा यँहाका खानेकुराहरु पनि एकदमै स्वादिष्ट छन् । याेगिजमा भेज ननभेज दुवै परिकार पाईन्छ । यहाँ चिया, कफि, फ्राईज, राेल, म: म:, चाउमिन, थुप्पा, ससेज, खाजा सेट, चिल्लीका परिकार, फ्राई सेकुवा, सुकुटी आदी पाउँदछ । साथै हार्ड र सफ्ट दुवै खाले पेय पदार्थ यस रेष्टुरेण्टमा राखिएकाे छ । याेगिजमा चियाकाे रु ३० र कफीकाे मात्र रु ५० पर्दछ । अन्य खानेकुराकाे मुल्यमा पनि यहाँ निकैनै शुलभ छ । मुख्य बजारकाे ग्राहकलाई मध्यनजरगरी याेगिजले आर्काे शाखा विराटनगरकाे ट्राफिक चाैककाे पुर्व गल्ली समेत खाेलिसकेकाे छ। यहाँ पनि परिकारकाे मुल्य शुलभ राखिएकाे छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]