१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

हेभेन रेष्ट्रोले नेपाल भर्सेज वेष्टइण्डिज बीचका सवै क्रिक्रेट म्याच देखाउने

विराटनगरको रेम्वो गल्ली , जहदा रोडमा रहेको चर्चित द हेभेन क्याफे एण्ड बारले नेपाल भर्सेज वेष्टइण्डिज बीचको क्रिक्रेट म्याच देखाइरहेको छ ।
Logo
निरज बस्नेत

विराटनगर, १८  बैशाख
विराटनगरको रेम्वो गल्ली , जहदा रोडमा रहेको चर्चित द हेभेन क्याफे एण्ड बारले नेपाल भर्सेज वेष्टइण्डिज बीचको क्रिक्रेट म्याच देखाइरहेको छ । सो कुराको जानकारी यस क्याफेका संचालक अमित कर्णले दिएका छन् ।

संचालक कर्णका अनुसार खेलको मज्जाको साथमा बारले कम्वो अफर स्किम पनि चलाइरहेको छ । यस अन्र्तगत रु४९९ मा रु ७५० को फाइदा उठाउन सकिने छ । कम्वो प्याकमा , चिकेन मो मो , फ्रेन्ज फ्राई , कोल्ड ड्रिंक्स , पप कर्न , चिकेन विंङससहितको सेट उपलब्ध हुनेछन् । यो कम्वोको अफरको लाभ ३ जनाले कम्तिमा उठाउन सक्नेछन् ।

वेष्टष्डिज ए टोली र नेपालको राष्ट्रिय टोलीबीचमा यसअघि २ टीट्वान्टी खेल भइसकेका छन् । जसमा पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो इण्डिजले जितेको हो । १–१ बराबरीमा रहेको सिरिजमा अव तेस्रो खेल भोली बुधवार हुनेछ । भोलीको म्याच पनि रोचक हुने अनुमान गरिदैछ ।

५ म्याचको सिरिजका बाकी खेल , २ मे अनि ४ मे , मा सम्पन्न हुनेछ । सवै खेल त्रिवि अन्तराष्ट्रिय खेल मैदान कीर्तिपुरमा हुनेछन् । खेलको समय मध्यान्ह बाह् १५ बजे तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]