११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

चतरा महाकुम्भमा विराटनगरका भन्सार एजेण्टद्धारा तिर्थालुलाई नि:शुल्क भोजन

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, बैशाख २४, २०८१

विराटनगर, वैशाख २४
चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् ।

संघले तिर्थालुका लागि शुद्ध साहाकारी खाना जसमा भात, दाल, २ थरिका तरकारी, अचार र पापडको व्यवस्था गरेकाे थियो । भन्सारका एजेण्टहरु सधै परोपकारी काममा अगाडी रहेको र संघको नेतृत्वमा यस्ता कामलाई निरन्तर अघि बढाईरहने सचिव खनालले प्रतिक्रिया समेत दिएका छन् ।

संघका गुडिया पौडेल, अनिष खनाल, सुनिल लाभ, केवलराम गिरी, दिपक चौधरी, तारा पुलामी लगाएतले प्रत्यक्ष खटिएर भोजन वितरण र व्यवस्थापनका काम गरेका थिए । त्यस्तै लिला नेपाल, चन्द्रमणि दाहाल, सौगात पोखरेल, रिवाज रोक्का लागएतका सदस्य, आगन्तुकमा घनश्याम पाठक र आयशा धितालले समेत कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका थिए । साे कार्यक्रमकाे लागी करिब दुई लाख रुपैयाँ खर्च भएकाे संघले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]