२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चतरा महाकुम्भमा विराटनगरका भन्सार एजेण्टद्धारा तिर्थालुलाई नि:शुल्क भोजन

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख २४
चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् ।

संघले तिर्थालुका लागि शुद्ध साहाकारी खाना जसमा भात, दाल, २ थरिका तरकारी, अचार र पापडको व्यवस्था गरेकाे थियो । भन्सारका एजेण्टहरु सधै परोपकारी काममा अगाडी रहेको र संघको नेतृत्वमा यस्ता कामलाई निरन्तर अघि बढाईरहने सचिव खनालले प्रतिक्रिया समेत दिएका छन् ।

संघका गुडिया पौडेल, अनिष खनाल, सुनिल लाभ, केवलराम गिरी, दिपक चौधरी, तारा पुलामी लगाएतले प्रत्यक्ष खटिएर भोजन वितरण र व्यवस्थापनका काम गरेका थिए । त्यस्तै लिला नेपाल, चन्द्रमणि दाहाल, सौगात पोखरेल, रिवाज रोक्का लागएतका सदस्य, आगन्तुकमा घनश्याम पाठक र आयशा धितालले समेत कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका थिए । साे कार्यक्रमकाे लागी करिब दुई लाख रुपैयाँ खर्च भएकाे संघले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]