१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रोटरीकाे विराटनगर डाउनटाउनमा नयाँ नेतृत्व

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २२ । महिला मात्रै सदस्य रहने नेपालकाे एक मात्र क्लब रोटरी डाउनटाउन ‍ विराटनगरकाे नेतृत्व  मञ्जु अग्रवालले बुधवारदेखि  सम्हालेकी छिन्।

बुधबार विराटनगरमा आयाेजित क्लबको पदस्थापन कार्यक्रममा रोटरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले नवनियुक्त अध्यक्षलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा पूर्व गभर्नरहरू बासुदेव गोल्यान, सन्तोष रिजाल, संजय गिरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियालगायतको सहभागिता थियो।

नवनियुक्त अध्यक्ष मञ्जु अग्रवाल लामो समयदेखि क्लबमा सक्रिय रहेकी छिन्। क्लबकी पब्लिक रिलेसन अधिकारी मुक्ता ताेदीले आगामी एक वर्षमा विभिन्न सामाजिक कार्यहरू गर्ने यस क्लबकाे याेजना रहेकाे सुनाईन । विशेषगरी, शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा केन्द्रित रहने ताेदीले बताइन्। साथै, सीमान्तकृत र विपन्न समुदायको हितमा अधिक काम गर्ने लक्ष्य राखेको उल्लेख गरिन्। यो क्लबले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ र देशकै धेरै पुरस्कार प्राप्त गर्ने क्लबहरू मध्ये एक मानिन्छ। यस वर्ष मात्र क्लबले १६ वटा अवार्ड हासिल गरेको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष कुसुम अग्रवाललाई बिदाइ गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]