२१ कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

सरकारी गाडीमा बम बिस्फोट

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

गौरादह, भाद्र २३
गौरादह नगरपालिकाको बा २ झ २५७० नं. को स्कर्पियो गाडीमा अकस्मात बम बिस्फोट भएको छ । नगरपालिकाको नाममा रहेको उक्त गाडीे प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएका थिए ।
गौरादह वडा नं. ३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा पार्किङ गरेर राखिएको अवस्थामा बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मिश्र सोही घरमा भाडा तिरेर बस्दै आएका छन् ।
राती करिब साढे १२ बजे ठुलो आवाज सहित बम बिस्फोट भएको स्थानीयहरुले बताएका छन् । बिस्फोटबाट कुनै मानवीय क्षति नभएपनि गाडीको अगाडि पट्टीको भाग पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । गाडीका पार्टपुर्जाहरु यत्रतत्र छरिएका छन भने गाडीका टायरहरु समेत पम्चर भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]