१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ग्रिनल्याण्ड कलेजः नयाँ सत्र, नयाँ उत्साह

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ७‍ । विराटनगर-९ स्थित ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विज्ञान र व्यवस्थापन संकायका नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।

कलेज प्रशासनले दिएको जानकारी अनुसार यस शैक्षिक सत्रकाे विज्ञान र व्यवस्थापन संकायमा उल्लेखनीय विद्यार्थी भर्ना भएका छन्। कार्यक्रममा कलेजका निर्देशकद्वय रविन्द्र घिमिरे र शिवनारायण यादवले संस्थाको शैक्षिक गतिविधि र भविष्यका योजनाहरूबारे जानकारी गराए। त्यसैगरी, निर्देशक विपी निरौला र शिक्षक भवानी दाहालले विद्यार्थीहरूलाई शुभकामना दिँदै सफल भविष्यको कामना गरे।

कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूले पनि आफ्ना अनुभव र अपेक्षाहरू साटासाट गरे। एसईईमा उत्कृष्ट नतिजा ल्याएका गरिमा तिम्सिना (जीपीए ३.९१), लिलाकान्त झा (३.९५), अस्मिता गोइत (३.७८), आरजु पौडेल (३.६४) र सुमित चौधरी (३.७३) ले आफ्ना विचारहरू राखे।

कलेज प्रशासनले यस्ता कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरणसँग परिचित गराउन र उनीहरूको आत्मविश्वास बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]