१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सीप र संस्कारको शिक्षा दिने मेरिल्याण्डमा विद्यार्थीहरूको भव्य स्वागत

Logo
निरज बस्नेत

विराटनगर, साउन ११ । विराटनगरको रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजले व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विहिबार कलेजले कक्षा ११ मा भर्ना भएका ६३७ भन्दा बढी नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै रोजगारमुखी शिक्षाको महत्त्व बारे जोड दिए। कलेजका उपाध्यक्ष प्रा.डा. पि.के. झाले मेरिल्याण्डका विद्यार्थीहरू विश्वस्तरमा प्रतिस्पर्धी रहेको बताए।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षकहरूको टोलीले मेरिल्याण्डलाई उत्कृष्ट बनाएको उल्लेख गरे। उनले कलेजको उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, समर्पित शिक्षक, पर्याप्त करियर विकासका अवसर र निरन्तर सुपरिवेक्षणलाई सफलताको कारण बताए।

कार्यक्रममा कलेजका निर्देशकहरूले सीप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण मेरिल्याण्ड विद्यार्थी र अभिभावकको रोजाइमा परेको बताए। यसैबीच, प्रवेश परीक्षामा उत्कृष्ट हुने दुई विद्यार्थीलाई सम्मान गरिएको थियो र कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]