२१ कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

सीप र संस्कारको शिक्षा दिने मेरिल्याण्डमा विद्यार्थीहरूको भव्य स्वागत

Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, साउन ११, २०८१

विराटनगर, साउन ११ । विराटनगरको रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजले व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विहिबार कलेजले कक्षा ११ मा भर्ना भएका ६३७ भन्दा बढी नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै रोजगारमुखी शिक्षाको महत्त्व बारे जोड दिए। कलेजका उपाध्यक्ष प्रा.डा. पि.के. झाले मेरिल्याण्डका विद्यार्थीहरू विश्वस्तरमा प्रतिस्पर्धी रहेको बताए।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षकहरूको टोलीले मेरिल्याण्डलाई उत्कृष्ट बनाएको उल्लेख गरे। उनले कलेजको उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, समर्पित शिक्षक, पर्याप्त करियर विकासका अवसर र निरन्तर सुपरिवेक्षणलाई सफलताको कारण बताए।

कार्यक्रममा कलेजका निर्देशकहरूले सीप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण मेरिल्याण्ड विद्यार्थी र अभिभावकको रोजाइमा परेको बताए। यसैबीच, प्रवेश परीक्षामा उत्कृष्ट हुने दुई विद्यार्थीलाई सम्मान गरिएको थियो र कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]