२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एकै दिनमा १५०० व्यक्ति सनातन धर्ममा फिर्ता, देवानगञ्जमा महायज्ञ

Logo
जनचर्चा संवाददाता

सुनसरी, १६ भदौ। सुनसरीको देवानगञ्जमा हिन्दू सनातन धर्म छोडेका र विभाजित भएकाहरूलाई पुनः सनातन धर्ममा स्वागत गरिएको छ। विश्व हिन्दु परिषद नेपालले शनिबार ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) कार्यक्रम आयोजना गर्दै झण्डै १५ सय मानिसहरूलाई स्वागत गरेको हो। उनीहरूलाई पुष्प, अक्षता छर्केर स्वागत गरिएको थियो। श्रीकृष्ण मावि छेउको मैदानमा भएको कार्यक्रममा विभिन्न राजनैतिक तथा धार्मिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। भडकिएका मनहरू र प्रलोभनमा पारिएकाहरूलाई एकै ठाउँमा राखेर प्रशिक्षण समेत दिइएको छ।

उक्त कार्यक्रममा बोल्दै संघीय सांसद किरण साहले विभिन्न राजनीतिक आस्था, जातजाति र समुदायमा विभाजित मनहरूलाई एकताबद्ध गराउनु र सनातन धर्म संस्कृतिको संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले धर्म परिवर्तनका नाममा भइरहेका गतिविधिमा निगरानी गर्न आग्रह गरे। त्यस्तै कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले सनातन धर्म, संस्कृतिलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिए। उनले प्रभाव, दबाब र प्रलोभनमा परेर सनातन धर्म र संस्कृतिमाथि ह्रास आइरहेको बताए। ‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनीय संस्कारमा ह्रास आएको छ’ उनले भने, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ। संस्कृतिको रक्षा गर्नु छ।’

यस्तै स्कोन विराटनगरका प्रमुख भानुभक्त जोशीले अन्य धर्म अँगाल्नु पाप हुने भन्दै समुन्नत पूर्वीय दर्शनलाई आत्मसात गर्न आग्रह गरे। हाम्रा धर्म संस्कृति र परम्परा नै वैज्ञानिक छन् उनले भने, त्यसैमा विश्वास गरेर अगाडि बढौं।

कार्यक्रममा विश्व हिन्दु परिषद नेपाल कोशीका अध्यक्ष देवेन्द्र गुप्ताले विभिन्न धार्मिक कार्यक्रम अघि बढाउन, हिन्दू धर्मको रक्षाका लागि महायज्ञ लगाएको बताए। शिक्षा, संस्कृति, साहित्य र समाजलाई जोगाउनका लागि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै मुलुकको रक्षा हिन्दू धर्म र संस्कृतिले मात्र जोगाउन सक्ने उनले बताए। हिन्दु स्वयंसेवक संघ नेपालका सहसचिव महेन्द्र साहले सनातन धर्मको संरक्षण र रक्षाको लागि एकजुट भएर अगाडि बढेको सन्देश दिन गाउँ-गाउँमा महायज्ञ लगाएर अगाडि बढ्ने बताए। देवानगञ्जमा भएको जस्तै महायज्ञ अन्य ठाउँहरूमा पनि हुने उनले बताए। पछिल्लो समय नेपालमा संस्कृत विषयको अध्ययन र गुरुकुल पद्धतिको पढाइमा वृद्धि भएकोप्रति खुसी समेत व्यक्त गरेका छन्।

विश्व हिन्दू परिषद नेपाल, देवानगञ्जका अध्यक्ष समर किशोर मेहताको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकारद्वय कौशल निरौला र अरविन्द मेहता, कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, विश्व हिन्दू परिषदका राष्ट्रिय संगठन मन्त्री प्रल्हाद कुमार रेग्मी तथा हिन्दूवादी अभियन्ता लगायतको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]