१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

आत्महत्या रोकथाम सम्बन्धि तालिम विराटनगरमा सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, भदाै १६ । आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शनिबार विराटनगरमा समपन्न भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा साे तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएकाे छ ।
विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चलेकाे तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी सहित विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियाे । तालिममा महानगरपालिका विभिन्न विद्यालयका १० जना शिक्षकको सहभागिता रहेकाे थियाे । शुक्रबार साे तालिमको उद्घाटन गर्नुहुँदै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नेपालमा आत्महत्याको घटनाहरु बढदै गइरहेकाले त्यसको रोकथामका लागि यस विषयमा स्थानिय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताएका थिए ।

उनले आत्महत्या समस्याको समाधान होइन भन्दै कुनै पनि समस्या आएमा तनाव लिने भन्दापनि सवैसंग सल्लाह सुझाव लिएर समस्याको समाधान खोज्नुपर्ने मेयर काेईरालाकाे भनाई थियो । समस्यामा परेका व्यक्तिलाई तनाबबाट मुक्त राख्न परिवार र समाजको भुमिका पनि महत्वपुर्ण रहने कुरामा  समेत उनले जाेड दिएका थिए । सहभागीहरुलाई मनाेविज्ञ डा.नगेन्द्र सिंह ठगुन्नाले तालिम दुईदिनसम्म अनुव्रत तालिम प्रादन गरे । त्यस्तै महेन्द्र माेरङ्ग कलेजका शिक्षक तथा विनाेविद चेतन खड्काले समेत आत्महत्यालाई राेकथाम गराउने विषयमा अभिमुखिकरण गराए ।  प्रशिक्षकहरुले विषेशगरी आत्महत्यालाई कसरी निरुत्साहित र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा तालिम कन्द्रित गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]